नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद अतर्गत जिम्न्याष्टिकमा एपीएफका राजु राईले सात स्वर्ण र एक रजत पदक जितेका छन् । सोमबार सम्पन्न खेलमा राजुले पुरुषको एक स्पर्धाबाहेक सबैमा स्वर्ण पदक जितेका हुन् ।
उनले अलराउण्डर र टिमतर्फ गरी सात स्वर्ण पदक जितेका छन् । फ्लोर, पोमेल हड्स, रोमन रिङ, पालरबार र हाइबारमा क्याटोगरीमा स्वर्ण पदक जित्दा भल्टिङ टेबल क्याटोगरीमा भने उनले रजत पदकमा चित्त बुझाए । उनले सातौं राष्ट्रिय खेलकुदमा पाँच स्वर्ण र दुई रजत जितेका थिए ।
त्यस्तै महिला फ्लोरमा एपीएफकी पिंकी झाङले स्वर्ण, प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् । भल्तिङको महिलामा पनि पिंकी झाङले स्वर्ण, प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् ।
महिला अलराउन्डरमा प्रदेश ३ कि तारा शिवाकोटीले स्वर्ण, एपीएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ कि प्रकृति थापा मगरले कास्य जितिन् । टिम स्पर्धाको पुरुषमा एपीएफले स्वर्ण जित्दा, प्रदेश ३ ले रजत र प्रदेश ७ ले कास्य जित्यो । महिलातर्फ प्रदेश ३ ले स्वर्ण,एपीएफले रजत र प्रदेश ५ ले कास्य जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४