बिहीबार, वैशाख १३, २०८१

सर्वोच्च पुग्यो एनसेल, लाभकर तिर्न अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभ कर कानूनअनुसार नभएको भन्दै एनसेलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। 

एनसेलका नाममा आयकर ऐन, २०५८ ऐनको दफा ९९ बमोजिम कर निर्धारण हुनुपर्ने दाबी गरिएको छ । तर, ठूला करदाता कार्यालयले ऐनको दफा १०१ बमोजिम ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा कर दाखिला गर्नुपर्ने भनेपछि एनसेल अदालत पुगेको हो।  ठूला करदाता कार्यालय र कर अधिकृतले आफ्नो अधिकार सीमा उल्लंघन गरेको एसेलको दाबी छ।

सर्वोच्चले एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेपछि ठूला करदाता कार्यालयले उक्त रकम तिर्न एक साताको समय दिएको थियो। एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेले प्रसन्न श्रेष्ठलाई वारेस राख्दै रिट दायर गरेका हुन्।

ठूला करदाताको नयाँ निर्धारणअनुसार एनसेलले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ लाभकर तिर्नुपर्नेछ। तर, यसअघि कर तथा विलम्ब शुल्कसहित २३ अर्ब ५७ करोड ४२ लाख ७५ हजार ५ सय ६६ भुक्तानी गरिसकेकाले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भएको हो।

सम्बन्धित समाचार

३९ अर्ब ६ करोड कर नतिर्ने मुडमा एनसेल !

एनसेल प्रकरण : ४० अर्ब कर नतिर्ने टेलियालाई कसले भगाएको थियो ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।