काठमाडौं - नाम नेपाल कम्युनिस्ट पार्टी। विचार मार्क्सवादी लेनिनवादी। नेकपाको ७० औं स्थापना दिवस मनाउन सोमबार प्रज्ञा भवन कमलादीको दृश्यचाहिँ अलि फरक देखिएको छ।
विगतमा यस्ता कम्युनिस्ट पार्टीले कार्यक्रम गर्दा माक्र्स र लेनिनका फोटो राख्ने ठाउँमा छन् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डका फोटा। कार्यक्रममा हसिया हथौडाका झन्डा फहराइएका छन्। कार्यक्रमबाट गायब छन् कम्युनिस्टले आदर्श मानेका ५ प्राधिकार माक्र्स, लेनिन, एंगेल्स, माओत्सेतङ र स्टालिनका फोटा। कार्यक्रम हेर्दा लाग्छ यो कुनै कम्युनिस्ट पार्टीको कार्यक्रम होइन।
नेकपाका संस्थापक पुष्पलाल र मदन भण्डारीको जोडीको फोटो अलगै राखिएको थियो। त्यस भन्दा मुनि राखिएका थिए संस्थापकहरु नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, मोती देवीलगायतका तस्बिर । अहिले कार्यक्रम स्थलमा अध्यषद्वय ओली र दाहाल नपुगेका पुगका कारण तोकिएको समयमा कार्यक्रम हुन सकेको छैन
कार्यक्रम सुरु हुनुअगाडि नै प्रज्ञा भवनको हल खचाखच भएकाले प्रज्ञाभवन बाहिर समेत ठूलो भीड लागेको छ । आजै स्थापना दिवस पारेर नेकपा जिल्ला तहको एकीकरण घोषणा गर्ने तयारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४