बुधबार, वैशाख १२, २०८१

सरकारले जनअपेक्षानुसार काम गर्नुपर्छ : डा कोइराला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भक्तपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षालाई ध्यानमा राखेर प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाएका छन्। 

नेपाल आदिवासी जनजाति सङ्घ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जनअपेक्षालाई ध्यानमा राखेर सरकार जानुपर्नेमा जोड दिए। 

सरकारले दुई तिहाइको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अगाडि बढेको बताउँदै मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र पत्रकारिता र न्यायलयमाथि चुनौती थपिएको डा कोइरालाले आरोप लगाए। प्रधानमन्त्रीले सङ्घीयताको मर्म विपरीत सबै शक्ति आफैँमा केन्द्रित गर्न खोजेको आरोप लगाए। 

नेपाली कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको बताउँदै अहिलेकै अवस्थामा काङ्ग्रेस पार्टी बलियो हुन नसक्ने भनाइ राखे। पार्टी बलियो बनाउन कांग्रेस सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिए। 

नेपाली कांग्रेसले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउँदै उनले काङ्गेस आन्तरिक विवादमा रुमल्लिँदा पार्टी कमजोर बनेको बताए। 

उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको अब कांग्रेस बलियो हुनुपर्ने चर्चा गर्दै सरकारको कमजोरीप्रति कांग्रेसले कडा प्रतिवाद गर्न नसक्दा लोकतन्त्र फस्टाउन नसक्ने बताए। 

कार्यक्रममा पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले, नेता बुद्घिमान पाख्रिन, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसांसद लेखनाथ न्यौपाने, नेता बाबुराजा जोशी, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थलगायतले वैशाख ११ गतेदेखि शुरु हुने जागरण अभियानमार्फत कांग्रेस एकताबद्ध भएर अघि बढ्ने बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।