शुक्रबार, वैशाख ७, २०८१

दमकलविहीन स्थानीय तह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
खलङ्गा – जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन्। जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ। 

अन्य सात गाउँपालिकामा भने दमकल छैन। जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्र जुम्लाको तथ्याङ्कअनुसार जिल्लामा बाह्रै महीना आगलागीको उच्च जोखिममा देखिएको छ। आगलागीका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ। 

स्थानीय सरकारले दमकललाई प्राथमिकतामा राखेका छैनन्। बितेको वर्षमा मात्रै चार घर र अन्य गरी ८० भन्दा बढी ठाउँमा जलेर नष्ट भएका छन् भने गत वर्ष र यस वर्ष गरी पाँच जनाको आगोमै परी जलेर मृत्यु भएको छ तर, आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारले महँगो हुने र व्यवस्थापन गर्न अप्ठेरो रहेको भन्दै दमकल किन्ने सोचमा देखिएका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। 

स्थानीय सरकारका प्रमुखले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै खरीद नगर्ने सोचमा ती गाउँपालिकाहरु पुगेका छन्। आगलागीको उच्च जोखिम बढी हिमा, तिला र गुठिचौर गाउँपालिका क्षेत्र छ । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले दमकल किन्ने सोच नभएको तर चन्दननाथ नगरपालिकासँग समन्वय गरेर आवश्यक परे सहकार्य गरेर सञ्चालन गर्ने योजना रहेको बताए। दमकल खर्चिलो धेरै हुन्छ, उनले भने, ‘त्यसको व्यवस्थापन गर्न गाउँपालिका नसक्ने देखिएकाले अन्य सरकारसँग समन्वय गरेर यो सञ्चालन गर्न सकिन्छ कि भन्ने सोचेको छु।’ खर्चिलो धेरै भएकाले धान्न नसक्ने देखिएपछि चन्दननाथ नगरपालिकासँग आवश्यक समन्वय गर्ने सोच रहेको उनले बताए।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले आवश्यकता भएको तर बजेट नभएको बताउँछन्। ‘दमकल किन्ने सोच गाउँपालिकाको विषय हो’, उनले भने, ‘तर बजेट छैन, नगरपालिकासँग समन्वय गरेर आवश्यक परे काम चलाउने सोचमा छौँ।’ हिमा र सिजा गाउँपालिकाले गाउँ कार्यपालिकामा दमकल किन्ने विषयमा छलफल गरिने जनाएको छ। ‘दमकल किन्न सक्ने र व्यवस्थापन गर्न सक्ने अवस्था छैन’, कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले भने, ‘तीन सरकारले मिलेर चलाउने हो की भन्नेसम्मको छलफल भएको छ।’ 

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र जुम्लाका सूचना अधिकारी देवेन्द्र पौडेलका अनुसार जुम्लाका केही स्थानीय तह आगलागीको  उच्च जो खिममा र हे का छन्। सबै स्थानमा दमकलको पहुँच नहुँदा बढी क्षति हुने गरेको उनको भनाइ छ । आगलागीबाट यो वर्ष ८० लाख बराबरको क्षति भइसकेको छ। यस्तै, गत वर्ष पनि रु ४३ लाख बराबरको क्षति भएको सूचना अधिकारी पौडेले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।