बाँके- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगितामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापा र नेपाल आर्मीका तविन गुरुङले दोहोरो स्वर्ण जितेका छन् । आर्मीमा तविनले स्ट्याण्डर्ड टिम पुरुष र व्यक्तिग तर्फ स्वर्ण जितेका हुन् । त्यस्तै अर्चनाले ३० मिटर स्ट्याण्डर्डमा र व्यक्तिगत तर्फ स्वर्ण जितेकी हुन ।
तविनले बेस्ट आर्चरी क्लबका प्रन्जल राईलाई ६-० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । प्रन्जलले रजत पाउँदा नेपाल आर्मीका कमल दानीले कास्य जिते । यसैगरी तविनसहितको टिमले पुरुष टिम स्पर्धामा बेस्ट आर्चरी क्लबलाई नै ६-० ले पराजित गर्दै स्वर्ण जितेको हो ।
मिक्स स्ट्यान्डर्ड टिम ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडीलाई ६-४ ले पराजित गर्दै आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडीले स्वर्ण जिते । यस विधामा कञ्चनपुरका विवेक राना र लक्ष्मी थापाले कास्य हात पारे ।
महिलातर्फ अर्चनाले ३० मिटर स्ट्याण्डर्डमा टिमतर्फ आफ्नै क्लबकी अनुसासँग मिलेर स्वर्ण जितेकी हुन् । त्यस्तै ३० मिटरको व्यक्तिगततर्फ उनले फाइनलमा आफ्नै क्लबकी अनुसा गुरुङलाई ६-२ ले पराजित गर्दै स्वर्ण जितिन् । अनुसाले रजत जित्दा अन्नपूर्ण आर्चरी क्लबकै सनिला गुरुङले कास्य जितिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४