बुधबार, वैशाख १२, २०८१

राजनीतिले पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य सेवा कमजोर

राजनीतिक खिचातानीका कारण पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतक‍ा शिक्षण अस्पतालको स्वास्थ्य सेवा कमजोर बनेको छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

विराटनगर- राजनीतिक खिचातानीका कारण पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतक‍ा शिक्षण अस्पतालको स्वास्थ्य सेवा कमजोर बनेको छ। पदाधिकारीको स्वार्थ र राजनीतिक खिचातानीका कारण शिक्षण अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य सेवा कमजोर बनेको हो। विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध रहेको अस्पतालबाट सर्वसाधारणले उपचारबिहीन बनेर फर्कनु परिरहेको छ। 

triton college

अस्पतालका नाममा वार्षिक ४ करोड रूपैयाँसम्म खर्च भइरहे पनि अस्पतालको अवस्था भने निक्कै भद्रगोल बनेको छ। बिग्रदो अवस्थालाई सुधार गर्नेतिर पदाधिकारीलगायत कसैको ध्यान पुग्न सकेको छैन। अस्पतालसँगै घर जोडिएका सर्वसाधारण उपचार नपाएर टाढाका स्वास्थ्य संस्था धाउन बाध्य बनेका छन्। 

सर्वसाधारणले उपचार नपाएर ठूलो समस्या झेलिरहँदा पनि पदाधिकारीले भने वास्ता नगरेको स्थानीयको गुनासो छ। स्थानीय अर्जुन पराजुलीले अस्पताल सञ्चालन हुँदा खुसी भएका स्थानीय अहिले उपचार नपाउँदा मर्कामा परिरहेको बताए। स्वास्थ्य सम्बन्धी सामान्य समस्या लिएर जाँदा उपचार पाउन तीन दिनसम्म लाग्ने गरेको स्थानीय मधन जिसीले बताए।

अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सक, चार जना मेडिकल अफिसर, १९ जना नर्सिङ कर्मचारी, सात जना ल्याब टेक्निसीयन एवं प्राविधिक छन्। दिशा, पिसाब, रगत, थाइराइड, मधुमेह लगायत परीक्षण गर्ने व्यवस्थित प्रयोगशाला (ल्याब) र एक्स–रे, भिडियो एक्स–रे, फिजियो थेरापी एवं इसिजी सेवासमेत उपलब्ध रहेको अस्पताल अनियमितताको चरम बेथितीबाट गुज्रिएको छ।

चिकित्सक र ल्याबका कर्मचारी बाहिरका निजी स्वास्थ्य संस्था एवं ल्याबमा पनि आवद्ध छन्। उनीहरूले बाहिरतिर मात्रै बढी समय दिने भएका कारण विश्वविद्यालयको शिक्षण अस्पताल भने लथालिङ्ग बनेको एक कर्मचारीको भनाइ छ। उनका अनुसार प्राय समस्या आएर अस्पतालभित्रको ल्याबले काम नगरेको देखाउने गरिन्छ। जस कारण बाहिरका निजी ल्याबबाट महँगो शुल्क तिरेर परीक्षण गराउन सर्वसाधारण बाध्य बनेका छन्।

corrent noodles
Metro Mart

अस्पतालका निर्देशक डा. विपेश आचार्यले अस्पताल सुधार गर्न गाह्रो परिरहेको सुनाए। अहिल्यै सुधार गरिहाल्नसक्ने अवस्था नरहेको उनले बताए। डा. आचार्य गत साउन १५ मा निर्देशक नियुक्त भएका हुन्। एक वर्षसम्म खाली रहेको उक्त पदमा त्यसअघि पनि उनी नै निर्देशक थिए। 

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा सञ्चालित शिक्षण अस्पतालमा सुन्दरहरैँचा, बेलबारी, केराबारी लगायतका स्थानबाट दैनिक तीन सय जनासम्म उपचार एवं स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन्।

प्रकाशित: Aug 21, 2021| 10:10 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।