एजेन्सी- भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामीछानेले उत्कृष्ट पुनरागमन गरेका छन् । शनिबार राती किङ्स इलाभेन पन्जाबविरुद्ध भएको खेलमा सन्दीपले उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले चार ओभर बलिङ गर्दै ४० रन खर्चेर तीन विकेट लिए ।
टिमका लागि दोस्रो ओभर लिएर बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर एक विकेट लिएका थिए। उनले आफ्नो पहिलो विकेटको रुपमा केएल राहुललाई पेभिलिएन फर्काएका थिए ।
टिमको चौथो ओभर तथा व्यत्तिलगत दोस्रो ओभरमा सन्दीप महंगा साबित भए । उनले आफ्नो दोस्रो ओभरमा विना विकेट १६ रन खर्चे । त्यसपछि सिधै टिमको १३ औं तथा व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दीपले उत्कृष्ट बलिङ गरे ।
उनले उक्त ओरभमा मात्र ६ रन खर्चेर दुई विकेट लिए । आफ्नो तेस्रो ओभरमा उनले पन्जाबविरुद्ध नेपालका सन्दीपले किफायती बलिङ गरिरहेका छन् । सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा छक्का खाएपछि दोस्रो बलमा ६९ रनमा खेली रहेका क्रिस गेललाई पेभिलिएन फर्काए ।
त्यसपछि सोही ओभरको अन्तिम बलमा साम कुरानलाई शुन्य रनमा आफैले क्याच गर्दै आउट गरे । योससँगै सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४