बुधबार, वैशाख १२, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज बैशाख ७ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

होटेलको स्वीमिङ पुलमा पौडी प्रतियोगिता

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी प्रतियोगिता नेपालगन्ज स्थित एक होटलको स्वीमिङ पुलमा हुने भएको छ । नेपालगन्ज रंगशाला परिसरमा निर्माणाधिन पौडी पोखरी पूर्ण रुपमा तयार नभएपछि पौडीका खेलहरु एक होटेलको स्वीमिङ पुलमा हुने भएका हो। 

चर्चित बलिउड नायिका : कसको ट्याटु कस्तो ?

बलिउडमा ट्याटु बनाउने प्रचलन निकै प्रचलित छ। दीपिका पादुकोण हुन् चाहे प्रियंका चोपडा चाहे आलिया भट्ट। बलिउडका थुप्रै चर्चित नायिकाहरूले आफ्नो शरीरका विभिन्न अंगमा ट्यायु बनाएका छन्। कति नायिकाले फिल्मका लागि ट्याटु बनाएका हुन् भने कतिले आफ्नो ब्वाइफ्रेन्‍डको  नाममा ट्याटु खोपेका छन्। 

चेन्‍नई पुगेका किशोरको उद्धार

रोजगारीका लागि भारतको चेन्‍नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ। ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं. २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई  बरियारपुर सीतामढीस्थित बालगृहबाट उद्धार गरिएको हो।

यौन हिंसाको आरोपमा वडा सचिव पक्राउ

 कैलालीको घोडाघोडी नगरपालिका–४ का सचिव यज्ञ आचार्य बालिकामाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका छन्। 

‘बेटी पढाऊ, बेटी बचाऊ’ नाटक मात्रै !

प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई आफ्नो नीति तथा कार्यक्रममा सबैभन्दा बढी प्राथमिकतामा राखेको छ। सरकारले ल्याएको अन्य कार्यक्रम भन्दा बढी बजेट सम्भवतः यसै कार्यक्रमको लागि विनियोजनसमेत गरिएको छ।

बुटवलमा ओलीलाई कालो झण्डा, एक पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालो झण्डा देखाइएको छ। जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थलमा प्रवेश गरेर कालो झण्डा देखाएका थिए।

भ्रष्टाचार बढेको भन्दै विवेकशाझाको प्रदर्शन

मुलुकमा व्याप्त भ्रष्टाचारका कारण समाजमा व्यथिति बढ्दै गएको भन्दै विवेकशिल साझा पार्टीले आइतबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा भ्रष्टाचार विरोधी नारा लगाइएको थियो। 

‘अनुशासनमा नबस्‍नेलाई कारबाही’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासनमा नबस्‍ने नेता कार्यकर्ता जो केहीलाई पनि कारबाही हुने बताएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले शनिबार गरेको शुभकामना  तथा चियापान समारोहमा बोल्दै देउवाले अनुशासन कायम गर्न कडा कदम चालिने बताएका हुन्। 

राजा र हिन्दुराज्य फर्काउन राप्रपाले अब कडा आन्दोलन गर्ने 

हिन्दुराष्ट्र सहित  सबै अटाउने राजसंस्थाका लागि राप्रपाले फेरि  अर्को चरणको आन्दोलन गर्ने भएको  छ।

दिल्लीबाट आएको बसमा बिस्फोटक पदार्थ 

छिमेकी देश भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोट पदार्थ बरामद भएको छ। सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार मध्यरात ना ५ ख ७२४५ नम्बरको बसबाट बम र बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो।

राजपाको दुई वर्ष पुरा, महाधिवेशन भने अनिश्चित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थापना भएको शनिबार दुई वर्ष पूरा भएको छ।

चिरीबाबु : ज्यामीदेखि मेयरसम्मको यात्रा

चिरीबाबु सानैदेखि चञ्चल थिए। गोरो अनि हँसिलो अनुहारका उनी सबैका प्रिय बाबु थिए। किसान परिवारमा हुर्केका चिरीबाबुको बाल्यकाल त्यति सहज भएन। सानै उमेरमा बुबाको मायाबाट वञ्जित हुनुपर्‍यो। तीन दाजुभाइ र तीन दिदीबहिनीसँगै उनी हुर्किए। जग्गाजमिन प्रशस्त भए पनि खनजोत गर्ने पाका मान्छे थिएनन्। खानलाई अन्न पुग्ने भए पनि अरु घरव्यवहार चलाउन पैसाको अभाव थियो। 

महजोडीलाई पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठ र ‘मानश्री पुरस्कार’ हरिव‌ंश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ।

पौडी पोखरी तयार भएन, प्रतियोगिता नै अन्योलमा

प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै जसो खेल सुरु भैसकेका छन् । सुरु हुन बाँकी रहेको पौडीखेल भोलि अर्थात बैशाख ८ गतेबाट सुरु हुँदै छ। 

भाजपालाई भोट गएपछि आफ्नै औंला काटे यी युवाले

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश "गलत" पार्टीलाई मत हाल्न पुगेको भन्दै चोरऔँला काटेका छन्। पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताउँदै औँला काटेका हुन्।

दुर्घटनामा दुईको मृत्यु

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना६३प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना६ख १७७५ नंको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो। 

नेपालको पहिलो भूउपग्रह अन्तरिक्ष कक्षमा

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ। नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ। नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो। 

जोडिएर पनि टाढा छन् सुर्खेत–बर्दिया

सुर्खेत–बर्दिया एक अर्कामा सिमाना जोडिएका जिल्लाहरु हुन्। तर सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दिया भुरीगाउँसम्म पुग्‍न हाल ८७ किलोमिटरको यात्रा तय गर्नुपर्छ। साविकमा दुबै जिल्ला भेरी अञ्चलमा परे पनि संघीयतासँगै छिमेकी जिल्लाहरुको प्रशासनिक दुरी झनै टाढा भएको छ।

२८ बालकको उद्धार

महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ।

सरकारले स्वास्थ्य संस्थाको निरीक्षण गर्दै

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका ती स्वास्थ्य संस्थाको विशेषज्ञसम्मिलित समितिले अनुगमन गर्ने जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।