बिहीबार, वैशाख १३, २०८१

‘अनुशासनमा नबस्‍नेलाई कारबाही’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासनमा नबस्‍ने नेता कार्यकर्ता जो केहीलाई पनि कारबाही हुने बताएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले शनिबार गरेको शुभकामना  तथा चियापान समारोहमा बोल्दै देउवाले अनुशासन कायम गर्न कडा कदम चालिने बताएका हुन्। 

देउवाले पछिल्लो समय पार्टीभित्र अनुशासन कमजोर हुँदै गएको र यसले पार्टीको आन्तरिक जीवनमा समेत नकारात्मक असर पारेको चिन्ता व्यक्त गरे। उनले भने,  ‘अब त्यो अवस्था रहँदैन। अनुशासनमा बस्‍न नसक्ने नेता कार्यकर्तालाई कारबाही हुन्छ।’ उनले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

फरक प्रसंगमा बोल्दै सभापति देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन्। सभापति देउवाले सरकारले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर गलत काम गरिरहेको आरोप लगाएका हुन्। 

‘सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले  शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ’, उनले भने। निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाई थियो। 

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए। ंपार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म काङ्ग्रेस पहिलो पार्टी बन्न सक्दैन’, उनले भने। ‘वर्तमान सरकार सङ्घीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्यो’, महामन्त्री कोइरालाले भने। 

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको सङ्गठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए। कांग्रे आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उनको भनाइ थियो। केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई सामूहिक भावनाका साथ अगाडि बढाउनुपर्ने अवस्था आएको बताए। राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले कांग्रेले संसद्भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नाका साथै संसद्मार्फत् सरकारले गरेका गलत क्रियाकलापको  खबरदारी गरिरहेको छ भने। 

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीभित्रको कार्यशैलीमा जागरण अभियान ल्याउनु जरुरी रहेको बताए। ‘जागरण अभियानलाई स्पष्ट ढङ्गले अगाडि नबढाएसम्म पार्टी बलियो हुन सक्दैन’, उनले भने। कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उक्त दलका  जिल्लासभापति कृष्ण (सबुज) बानियाँले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।