काठमाडौं : लोकतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसले बैशाख ११ गते देखि मुलुकभर संचालन हुने जागरण अभियानका लागि ७७ जिल्लामा केन्द्रबाट नेताहरु खटाएको छ।
अभियानलाई प्रभावकारी बनाउनका लागि केन्द्रबाटै नेताहरु खटाइएको हो हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस जागरण अभियान पहिलो चरणको अभियान एक महिनासम्म चल्नेछ।
प्रदेश १ अन्तरगत ताप्लेजुङमा नसरिता प्रसाई, पाँचथरमा लक्ष्मी परियार, इलाममा अमृत अर्याल ,संखुवासभामा सिता गुरुङ, तेह्रथुममा हसन अन्सारी, धनकुटामा डा. नारायण खडका, भोजपुरमा रामहरी खतिवडा, खोटाङमा उदय शम्शेर राणा, सोलुखुम्बुमा लक्ष्मी राई, ओखलढुंगामा मिनाक्षी झा, उदयपुरमा प्रदिप गिरी, झापामा ज्ञानेन्द्र बहादुर कार्की, मोरङमा कृष्ण सिटौला , सुनसरीमा महेश आचार्यलाई खटाइएको छ।
प्रदेश २ अन्तरगत सप्तरीमा आनन्द प्रसाद ढुङगाना, सिराहामा महेन्द्र यादव, धनुुषामा बलबहादुर के.सी, महोत्तरीमा चित्रलेखा यादव, सर्लाहीमा महालक्ष्मी उपाध्याय डिना,रौतहटमा रमेश रिजाल,बारामा, प्रकाशमान सिंह, पर्सामा फरमुल्लाह मन्सुरलाई खटाइएको छ।
प्रदेश ३ अन्तरगत दोलखामा रामकृष्ण यादव,रामेछापमा किरण यादव ,सिन्धुलीमा डा. रामशरण महत, काभ्रेमा डा. शेखर कोइराला,सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, रसुवामा जिवन परियार, नुवाकोटमा मीन विश्वकर्मा, धादिङमा प्रदिप पौडेल,चितवनमा रमेश लेखक, मकवानपुरमा अजुननरसिंह केसी,भक्तपुर डा. मिनेन्द्र रिजाल, काठमाडौमा बालकृष्ण खाँडलाई खटाइएको छ ।
गण्डकी प्रदेशअन्तर्गत गोरखामा ध्यानगोविन्द रन्जित,लमजुङमा कमला पन्त तनहुमा नविन्द्र राज जोशी, कास्की अर्जुन प्रसाद जोशी,मनाङ कृष्ण चन्द्र नेपाली,मुस्ताङमा बलबहादुर सिंह लामा तामाङ्ग ,पर्वतमा चिनकाजी श्रेष्ठ, स्याङजा मा गोबिन्द भट्टराई, म्याग्दी शुक्रराज शर्मा, बाग्लुङमा शंकर भण्डारी, नवलपुरपूर्व नवलपरासीमा दिपक गिरीलाई खटाइएको छ ।
प्रदेश ५ मा नवलपरासी पश्चिम राधेचन्द्र यादव , रुपन्देहिमा पुष्पा भुसाल, कपिलवस्तुमा हरिप्रसाल नेपाल, पाल्पामा बालकृष्ण पाण्डे, अर्घाखाँचीमा दिपकुमार उपाध्याय ,गुल्मी अजय कुमार चौरासिया, रुकुम पुर्व रन्त शेरचन, रोल्पामा मानबहादुर विश्वकर्मा, प्युठानमा शिवराज जोशी , दाङमा मोहन बहादुर बस्नेत, बाँकेमा श्याम कुमार घिमिरे, बर्दियामा डा. डिला संग्रौलालाई खटाइएको छ।
कर्णाली प्रदेश अन्तरगत रुकुम पश्चिममा राजन प्रसाद पन्त, सल्यान पार्वता डि.सी चौधरी,डोल्पामा कुमार खडका,जुम्लामा रमा पौडेल, मुगुमा दिनवन्धु श्रेष्ठ, हुम्लामा हृयराम थानी ,कालिकोटमा डा. चन्द्र भण्डारी, जाजरकोटमा ध्रुव आले दैलेख दिलबहादुर घर्ती खटिने छन्।
त्यस्तै सुदुर पश्चिम प्रदेशका नौ जिल्ला बाजुरामा दिलेन्द्र प्रसाद बडु, बझाङमा मनमोहन भट्टराई, डोटीमा शिव प्रसाद हुमागाइर्, अछाममा गगन कुमार थापा, दार्चुलामा अतहर कमाल मुसलमान, डडेल्धुरामा बीरबहादुर बलायर, बन्चनपुरमा गुरुराज घिमिरे, कैलालीमा एन.पी सावद, सम्बोधन गर्ने कांग्रेस मुख्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४