काठमाडौं- दुई दशकदेखि कलाकर्ममा सक्रिय हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर केही महिनाभन्दा अघिदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको उनका परिवारका सदस्यले जानकारी दिएका छन्।
‘उहाँको अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो’, जीवन थापाले नेपाल समयलाई बताए, ‘शम्भुराजको आजै दाहसंस्कार हुने छ।’
६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाकाचलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए।
थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।