बुधबार, वैशाख १२, २०८१

सरकारले स्वास्थ्य संस्थाको निरीक्षण गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका ती स्वास्थ्य संस्थाको विशेषज्ञसम्मिलित समितिले अनुगमन गर्ने जनाएको छ। 

मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन/निरीक्षणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अघिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ। चारमध्ये तीन वटा टोली उपत्यका बाहिरका अस्पतालको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ। 

अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको निरीक्षण गरी तोकिएको मापदण्ड पुगेको स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिन सरकारलाई सिफारिश गर्नेछ। वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सीमित स्वास्थ्य संस्थाको एकाधिकार रहेको भन्दै मन्त्रालयले गत चैत १३ गते सम्बन्धित निकायमा दर्ता भई सञ्चालनमा आएका स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो। 

कामदारको स्वास्थ्य परीक्षणका लागि ठूला अस्पतालले सूचीकरणका लागि निवदेन दिएका छन्। नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, बुटवलस्थित लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रा.लि, भरतपुरस्थित चितवन मेडिकल कलेज प्रालिलगायत ठूला अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरणका लागि निवेदन दिएका मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।