शनिबार, वैशाख ८, २०८१

एक महिनामा कतिले बुझाए हतियार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवबैध भन्दा वैध हतियार बढी छ। 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार गत चैत १ देखि वैशाख ५ गतेसम्मको अवधिमा आएका २५९ हतियारमध्ये १७१ वटा वैध हतियार छन्। सो अवधिमा ८८ वटा अवैध हतियार सङ्कलन भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

गृहमन्त्रालयले सबै सुरक्षा निकायमा बुझाइएका हतियारको विवरण सङ्कलन भङ्रहेकाले एकमुष्ट सङ्ख्या भने केही दिनमा सार्वजनिक गर्ने जनाएको छ। मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सबै क्षेत्रबाट विवरण सङ्कलन जारी रहेको जानकारी दिँदै सरकारी निर्णयपछि आपराधिक क्रियाकलापमा न्यूनीकरण भएको र शान्ति सुरक्षा सुदृढ हुँदै गएको बताए।

विभिन्न व्यक्तिले सुरक्षाका लागि राखेका हतियार नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुरुपयोग गर्न सक्ने आशङ्काले उनीहरुले वैध हतियार पनि सरकारलाई बुझाएको प्रहरीले अनुमान गरेको छ। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो।

गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन यही वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो।    प्रहरीमा बुझाइएका हतियारमा अधिकांश एक नाले भरुवा बन्दुक रहेका छन्। केही मात्रामा रिभल्वर, बाह्रबोर र बाइस बोरको राइफल, बाह्र बोरको सटगन, दुई नाले बन्दुकसमेत प्रहरीमा आएको छ।

‘सबै कार्यालयबाट हतियारको पूर्ण विवरण आउने क्रममा छ, प्रारम्भिक विवरणअनुसार अहिलेसम्म २५९ हतियार आएको छ। केही हतियारको सङ्ख्या थपिन सक्छ,’ प्रवक्ता सुवेदीले भने।  

विप्लवमाथिको निगरानी जारी 

सरकारी निर्णय कार्यान्वयन गर्दै नेपाल प्रहरीले ७७ वटै जिल्लामा विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी गरी नेता तथा कार्यकर्तामाथि कारवाही जारी राखेको छ।   गएको फागुन २८ गते सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेसँगै प्रहरीले पक्राउ गरी कारवाही गर्न थालेको हो।

विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ। यद्यपि वार्ता र सहमतिमा आउन भने सरकारले आह्वान गर्दै आएको छ। पछिल्लो समयमा कतिपयले विप्लव समूह छाडेको घोषणासमेत गरेका छन्।

उक्त समूह विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीको दावी छ। विप्लव समूहले यसअघि विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएकाले उसका गतिविधिमाथि कारवाही गर्ने निर्णय गरेको मन्त्रालयको भनाइ छ। गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो। 

विप्लव समूहका १८० हिरासतमा 

विप्लव समूहका गतिविधिमाथि कारवाही गर्ने फागुन २८ को सरकारी निर्णयपछि प्रहरीले देशका विभिन्न जिल्लाबाट उसका १८० नेता तथा कार्यकर्ता पक्राउ गरी हिरासतमा राखेर कारवाही अगाडि बढाएको छ। 

उनीहरुमाथि मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए। पक्राउ परेका बम विष्फोट तथा विभिन्न आपराधिक घटनामा संलग्न रहेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली र पोलिट्ब्यूरो सदस्य मोहन कार्कीसहितका नेता कार्यकर्ता छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।