बिहीबार, वैशाख ६, २०८१

कथाकारमा नयाँ उर्जा : १२खरी कथामा बीना प्रथम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – राजधानीमा कथाकारहरूका बिचमा शुक्रबार एउटा फरक माहोल देखियो। नक्सालस्थित एलिस पार्टी प्यालेसको हलमा देशैभरीका कथाकारहरू जम्मा भएका थिए। सहभागिहरूमा नयाँ उत्साह थियो। 

त्यसरी सबै कथाकारहरूलाई एउटै थलोमा ल्याउने काम गरेको हो १२खरी बुकले। राष्ट्रव्यापी खुला कथा प्रतियोगिताको आयोजना गर्दै १२खरीले कथाकारहरूलाई एउटै थलोमा जम्मा गराएको हो। १२खरीले यसरी कथा प्रतियोगिताको आयोजना गरेर कथाकारहरूलाई एउटै थलोमा जम्मा मात्र गराएन लेखकहरूमा नयाँ उर्जा समेत थप्यो।

आयोजकका अनुसार प्रतियोगिताका लागि नौ सय कथा प्राप्त भएका थिए। जसमा ४४५ कथा मापदण्डभित्र परेका थिए। ४४५ कथाबाट उत्कृष्ठ २५ कथा छानिए। त्यसमा पनि उत्कृष्ठ तीन छानिए। जसमा बीना थिङ तामाङको ‘ब्याड भाले’ कथा प्रथम भयो। योसँगै तामाङले एक लाख रुपैयाँ नगद साथै अतिरिक्त शिल्ड र प्रमाणपत्र हात पारिन्। 

यस्तै वियोगी पत्रकार लक्ष्मण वियोगी द्वितीय भए। उनको ‘टाउको’ शीर्षकको कथाले ६० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो। नेपागञ्जकी कथाकार सुमित्रा न्यौपाने तृतिय भइन्। न्यौपानेको ‘बार्दली’ कविताले तृतिय स्थान हासिल गरेसँगै सुमित्राको ४० हजार नगद, शिल्ड र प्रमाणपत्र हात पर्‍यो। 

यस्तै प्रतियोगितामा अन्य उत्कृष्ठ २२ कथाका कथाकारलाई समेत पाँच हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ठ २५ कथाहरूको कथा संग्रह समेत प्रकाशित गरेको छ। पुस्तकको ‘उत्कृष्ट कथा २०७६’ नाम दिइएको छ।

पुस्तकको विमोचन तथा पुरस्कृत कताकारहरूलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कथा मानव जातीको उत्कृष्ठ सिर्जना भएको धारणा राखेका थिए। लघुतम घटनालाई विष्टिरुपमा उठाएर पाठकलाई गम्भीर बनाउन सक्ने क्षेमता आख्यान र उपन्यासमा रहेको बताउँदै यो उत्कृष्ठ सिर्जना भएको धारणा राखेका थिए। उनले नेपाली समाज सानो भए पनि साहित्य–सिर्जनाका लागि कच्चा पदार्थको खानी भएको धारणा राखेका थिए। 

१२खरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले देशकैपिच्छे साहित्यको आयाम बदलिएकाले प्रतियोगितामा छानिएका २५ कथाले पछिल्लो कालखण्डको प्रतिनिधित्व गर्ने धारणा राखेका थिए। 

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई प्रकारको मूल्याङ्कन कमिटी गठन गरेको थियो। आन्तरिकमा राजेन्द्र पराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, राजेश खनाल र अक्षर काका रहेका थिए भने बाह्यमा डा. दयाराम श्रेष्ठ, डा. अर्चना थापा तथा नयनराज पाण्डे रहेका थिए।

उत्कृष्ट २२ कथाकारमा मानसी, अनुपम रोशी, अन्वेष राई थुलुङ, अभय श्रेष्ठ, अरुणा चौधरी थारु, एकदेव अधिकारी, कर्मसही घर्तीमगर, केशव सिग्देल, गापाल झापाली, दुर्गा कार्की, नीरज दाहाल, प्रमोद अमात्य, माधव सयपत्री, मणि लोहनी, महेश थापा, मुना चौधरी, डाक्टर राजुबाबु श्रेष्ठ, लक्ष्मण वियोगी, विपुल सिजापति, शिव प्रकाश, सुमित्रा न्यौपाने, सुरेश यक्सो, हरिमाया भेटवाल, क्षितिज समर्पण रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।