काठमाडौं - विवेकशिल नेपाली दलका संयोजक उज्जवल थापासहितका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रधानमन्त्री कार्यालय परिसर निषेधित क्षेत्र भएको भन्दै उज्जवल थापासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। विवेकशी नेपालीले भूमाफियाविरूद्ध कारवाही माग गर्दै गैरकानुनी रूपमा माफियाको कब्जामा पुगेको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्ने कार्यक्रम राखेको थियो।
पक्राउ परेकालाई पानीपोखरीस्थित प्रहरी बिटमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४