बिहीबार, वैशाख १३, २०८१

'सरकारी सम्पत्ति हडप्‍नेलाई कारबाही'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा - सूचना तथा सञ्चारमन्त्री मन्त्री गोकुल बाँस्कोटाले सरकारी सम्पत्ति दुरुपयोग गर्ने तथा हडप्नेमाथि कारबाही गर्ने बताएका छन्। रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले बालुवाटार जग्गा काण्डको विषयमा छानबिन भइरहेको समेत बताए। उनले भने, ‘सरकारी जग्गा दुरुपयोग गर्ने जोसुकै भए तापनि कारबाही हुन्छ। ’

मन्त्री बाँस्कोटाले सरकारका कामले गति लिएको दाबीसमेत गरे। मन्त्री बाँस्कोटाले भने, ‘नयाँ भिजनको साथ अगाडि बढिरहेको सरकारले लगानी सम्मेलनमार्फत ७७ वटा  योजानमा २४ खरब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैंमा राम्रो पक्ष हो। ’

जनताको आवश्यकता अनुसारका विकास निर्माणका कार्य निरन्तर अगाडि बढ्ने उनको तर्क थियो। सरकारका प्रवक्तासमेत रहेका बाँस्काटाले आलोचना जत्ति भए तापनि सरकार जनपक्षीय काम गर्दै अगाडि बढिरहने पनि बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।