बिहीबार, वैशाख १३, २०८१

३९ अर्ब ६ करोड कर नतिर्ने मुडमा एनसेल !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ठूला करदाता कार्यालयले थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न गरेको परिपत्रलाई एनसेल वेवास्ता गरेको छ । 

सात दिन भित्र यो रकम तिर्न ठूला करदाता कार्यालयले मंगलबार परिपत्र गरेपनि उसले कर नतिर्ने मनस्थिति बनाएको स्रोतको दाबी छ । उसले त्यसै अनुरुप कानुन व्यवसायी र शक्ति केन्द्रहरुसँग छलफल थालेको स्रोतले जनाएको छ ।

एउटा विषयमा एकपटक भन्दा बढि कर तिर्न नसकिने भन्दै उसले ठूला करदाता कार्यालयको पत्र पन्छाउने प्रयास गरेको छ । एनसेलले यसअघि नै पुँजीगत लाभकरका रुपमा २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ तिरिसकेको छ।

तर, ठूला करदाता कार्यालयले मंगलबार एनसेल खरिद–बिक्रीमा एनसेलले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा सरकारलाई तिर्नुपर्ने ठहर गरेको थियो । उसले पुरानो रकम कट्टा गरेर बाँकी हुन आउने रकम ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ सात दिन भित्र दाखिला गर्न निर्देशन दिएको छ । 

कार्यालयले आयकर ऐन २०५८ बमोजिम एनसेलको कारोबारको कर निर्धारण गरेको आधारमा यसअघि तिरिसकेको रकमलाई कटाएर बाँकी कर तिर्न भनेको हो। एनसेलले नै पुँजीगत लाभकर तिर्नुपर्ने भनी सवोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आएसँगै कार्यालयले बाँकी करका लागि ताकेता गरेको हो।

ठूला करदाता कार्यालयका अनुसार एनसेल कारोबारमा आयकर ऐन २०५८ बमोजिमको २५ प्रतिशतले हुने कर ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार पाँच सय रुपैयाँ थियो। त्यसमा लाग्ने शुल्क १८ अर्ब ३३ करोड सात लाख ३६ हजार निर्धारण गरिएको थियो। त्यस्तै उक्त करमा वैशाखसम्मको ब्याज ८ अर्ब ३९ करोड आठ लाख १२ हजार पुगेको छ। 

२०७२ चैत २९ गते स्विडिस कम्पनी टेलिया सोनेराले मलेसियन कम्पनी आक्जियाटालाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा एक खर्ब ४३ अर्ब ६५ करोड ३५ लाख ६ हजार रुपैयाँ पुँजीगत लाभ भएको थियो। विदेशमै भएको उक्त कारोबारमा नेपाल सरकारले पाउनुपर्ने पुँजीगत लाभकर नबुझाई विक्रेता कम्पनी टेलिया सोनेरा बाहिरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।