बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : बालुवाटारको जग्गामा अख्तियार भित्रै सेटिङ !

आजका अखबार : बालुवाटारको जग्गामा अख्तियार भित्रै सेटिङ !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले बालुटारको जग्गा व्यक्तिको नाममा दर्ता गराउन अख्तियार भित्रै सेटिङको प्रयास भएको विषयलाई मुख्य समाचार बनाएको छ ।

अख्तियारको अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीले बालुवाटारको जग्गाका विषयमा कानुन व्यवसायीलाई कार्यालयमै बोलाएर प्रलोभन र धम्की दिएको पाइएको छ । विभिन्न पक्षसँग सेटिङ मिलाएर काम गरेका उनले बालुवाटारको जग्गाका विषयमा दिएको प्रतिवेदन विश्वासिलो नलागेपछि अख्तियारले नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । बालुवाटारको जग्गाको अनुसन्धान गर्न उनैलाई अधिकृत तोकिएको थियो ।

अनुसन्धान अधिकृत जोशीको शंकास्पद गतिविधिपछि उनलाई अख्तियारले अघोषित कारबाही स्वरुप महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको समाचारमा उल्लेख छ । यस्तै बालुवाटारको जग्गा अतिक्रमणमा निर्वाचन आयुक्त सुधीरकुमार शाहसमेत संलग्न रहेको  कान्तिपुरले लेखेको छ । आयुक्त शाहले बालुवाटारको पर्खाल नै सारेर अतिक्रमण गरेको समाचारमा जनाइएको छ । 

यस्तै कान्तिपुरले ठूला करदाता कार्यालयले एनसेलको कर ६२ अर्ब ६३ करोड भनि निर्धारण गरेको विषयलाई एङ्कर न्यूज बनाएको छ ।

अहिलेसम्म २३ अर्ब ५७ करोड कर तिरेको एनसेललाई बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ सात दिन भित्र बुझाउँन  ठूला करदाता कार्यालयले परिपत्र गरेको छ । सर्वोच्चको फैसलापछि सरकारले एनसेललाई कर तिराउन आक्रमता देखाएको समाचारमा उल्लेख छ ।
 
आजको नागरिक दैनिकले भने एनसेलको कर प्रकरणलाई नै मुख्य समाचार बनाएको छ । एनसेललाई ६२ अर्ब ६३ करोड कर निर्धारणः बाँकी ३९ अर्ब सात दिनमा तिर्न ताकेता शीर्षकमा उसले खबर लेखेको छ । नयाँ पत्रिकाले भने एनसेलले तिर्न बाँकी आयकर ३९ अर्ब ६ करोड शीर्षकमा खबर छापेको छ ।
 
यस्तै आजको नागरिक दैनिकले सर्वोच्च अदालतले जन्मका आधारमा वंशजको नागरिकता दिने गृहमन्त्रीस्तरिय विवादित निर्णयलाई सर्वोच्च अदालत सदर गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृहको निर्णय सदर गरेको हो । सर्वोच्चको यो फैसलासँगै नागरिकता वितरणको बाटो खुलेको छ ।
 
वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो। विधेक संसदमा विचाराधिन रहेका बेला यस्तो सर्कुल जारी गरिएको विरोधमा सर्वोच्चमा रिट परेको थियो ।
 
आजको अन्नपूर्ण पोस्ट्ले उपल्लो गोरखामा अझै तान्ने प्रथा कायमै रहेको विषयलाई मुख्य समाचार बनाएको छ । केटीको भावना नै नबुझि केटाले तानेपछि समाज र अभिभावक केटा कै पक्षमा उभिने गरेको समाचारमा उल्लेख छ । 

आजको नयाँ पत्रिकाले भने स्मार्ट लाइसेन्सको नालिबेलीलाई मुख्य समाचारका रुपमा छापेको छ । स्मार्ट लाइसेन्स छाप्न थालेको ४० महिनामा ९ लाख लाइसेन्स छापिएका छन् भने अझै ढेड लाखले ट्रायल पास भएर पनि लाइसेन्स पाउन नसकेको समाचारमा उल्लेख छ । स्मार्ट लाइसेन्समा रहेको चिप्स पढ्ने एउटा मेसिनपनि ट्राफिक प्रहरीसँग नरहेको नयाँ पत्रिकाले लेखेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।