एजेन्सी- स्पेनिस ला लिगा क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाईनलको दोस्रो लेगमा इंग्लिस क्ल म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
युनाइटेडको घरेलु मैदानमा भएको पहिलो लेगमा १-० जित निकालेको बार्सिलोनाले दोस्रो लेगमा ३-० को जित निकाल्दै समग्रतामा ४-० को जित सहित सेमिफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप्पे काउटिन्होले एक गोल गरे । खेलको १६ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि त्यको चार मिनेट नबित्दै कप्तान मेस्सीले व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० गोल अन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोाल गर्यो ।
६१ औं मिनेटमा काउटिन्होले गोल गर्दै बार्सिलोनाको जित सुनुश्चित गरे । अब बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासँग खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४