एजेन्सी- इटालीयन सिरी ए क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । ंमंगलबार राती भएको खेलमा आयाक्ससँग २-१ गोल अन्तरले पराजित हुँदै युभेन्ट्स च्यम्पियनस लिगबाट बाहिरिएको हो ।
क्याटरफइनलको पहिलो लेगमा दुबै टोलीले १-१ को बराबरी खेलेका थिए । तर, दोस्रो लेगमा आयाक्सले २-१ ले पराजति गर्दै समग्रहमा ३-२ को जित निकाल्दै च्यम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता भने युभेन्टसले लिएको थियो । खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोली युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३४ औं मिनेटमा अजाक्सका भान डि विकले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अजाक्सले थप एक गोल गर्दै पाहुना टोलीलाई महत्वपूर्ण जित दिलाए । खेलको ६७ आंै मिनेटमा कप्तान डि लिग्टले गोल गर्दै आयाक्सलाई २-१ को जित दिलाएका हुन् ।
यस हारसँगै पाँच पटकका च्याम्पियन लिग विजेता स्टार खेलाडी रोनाल्डोको टिमलाई क्वार्टरफाईनलबाटै घर फर्काए । अब अजाक्सले फाईनल प्रवेशका लागि म्यानचेष्ट सिटी र टोटेनहमबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४