बिहीबार, वैशाख १३, २०८१

‘प्रदेश २ मा कर्मचारी भर्ना नखोल’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – लोकसेवा आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको तयारी गरिरहेको बेला प्रदेश २ सरकारले आफ्नो प्रदेशमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न आग्रह गरेको छ।

प्रदेश सरकार आफ्नै लोकसेवा आयोग गठन गर्न लागेको भन्दै प्रदेश २ मा कर्मचारी भर्नाको विज्ञान नगर्न मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगसँग यस्तो आग्रह गरेका हुन्।

मुख्यमन्त्री राउतले लोकसेवा आयोगका अध्यक्षलाई मंगलबार लेखेको पत्रमा ‘प्रदेश २ मा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्नाको कार्य गर्ने हुनाले प्रदेश २ को प्रदेश स्तर र १३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न’ अनुरोध गरिएको छ।

‘प्रदेश निजामती सेवा ऐनको विधेयक र प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक प्रदेशसभामा अन्तिम चरणमा रहेको छ। र, सरकार प्रदेश लोकसेवा आयोग गठन गर्ने तैयारीमा छ,’ पत्रमा भनिएको छ,‘यस्तो अवस्थामा प्रदेश २ मा प्रदेश स्तर र स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगरियोस।’

संविधानको धारा २२७ उदृत गर्दै ‘गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयसम्बन्धी अन्य व्यवस्था प्रदेश कानून अनुसार हुने व्यवस्था छ भने प्रदेश मन्त्रिपरिषद्, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आश्यकताअनुसार कानूनबमोजिम विभित्र सरकारी सेवा गठन तथा सञ्चालन गर्ने सक्नेछन्’ मुख्यमन्त्री राउतले लोकसेवा आयोगलाई लेखेको पत्रमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।