शुक्रबार, वैशाख ७, २०८१

यसरी सुरु भयो भेरी–बबई सुरुङ्गको ब्रेक थ्रु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत – भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको प्रस्तान विन्दु सुर्खेत चिप्लेमा पुगेर सुरुङ निर्माण सकिएको घोषणा गरेका हुन्। आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा प्रधानमन्त्रीले बिटिएम मेसिनको बटन थिचेपछि ‘टनेल एक्जिट प्लेटफर्म’ सुरुङबाट बाहिर आएसँगै सुरुङ्ग निर्माण सकिएको हो।

ब्रके थ्रु कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ युग सुरु भएको बताएका छन्। ‘नेपालले पनि प्रविधिको प्रयोग गर्न सक्छ भन्ने प्रमाणित भयो,’ ओलीले भने, ‘अब नेपालमा विकासको नयाँ युग सुरु भयो।’ नेपालमै पहिलो पटक प्रयोग गरिएको बिटिएम मेसिनतर्फ केन्द्रीत गर्दै ओलीले अन्य आयोजनामा पनि यो मेसिन प्रयोग गर्ने र विकासको रथलाई कसैले रोक्ने नसक्ने बताए।

त्यस्तै जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनको ३९ प्रतिशत शेयर कर्णालीका जनताले पाउने बताए। ‘यो आयोजना जनताको जलविद्युत आयोजना पर्छ,’ मन्त्री पुनले भने, ‘कर्णाली र यहाँका जनताले ३९ प्रतिशत शेयर पाउँछन्।’



यता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने आयोजनाबाट उत्पादन हुने ४८ मेघावाट विद्युत कर्णाली प्रदेशलाई उपहारका रुपमा दिन आग्रह गरे। ‘कर्णाली प्रदेशको पानी ५ नम्बर प्रदेशले सदुपयोग गर्छ,’ मुख्मन्त्री शाहीले भने, ‘प्रभावित क्षेत्र र कर्णालीको गरिवी अन्त्यका लागि ४८ मेघावाट विद्युत कर्णाली प्रदेशले उपहारका रुपमा पाउने छ।’

त्यस्तै प्रदेश नं. ५ का मुख्यमन्त्री शंखर पोखरलेले बाँके र बर्दियाले कर्णालीवासीलाई चावल सहुलियत दिने बताए। ‘कर्णालीवासीलाई भोकभोकै मर्न दिँदैनौँ, तपाईहरुको पानीले उत्पादन भएको चावल तपाईलानै दिने हो, उनले भने।’

यता आयोजना प्रमुख संजिव वरालले अबको केही महिनाभित्रै भेरीको पानी बबईमा खसालीने बताए। आयोजनाको बाँकी कामलाई प्रभावित नपार्ने गरी आउँदै गरेको सुख्खा मौसममा भेरीको पानी बबईमा खसालीने बरालले जानकारी दिए।

२०७४ कात्तिक अन्तिम सातादेखि टिबिएमले सुरुङ खन्न थालेको आयोजना सन् २०२० मार्च अर्थात २०७६ चैत १५ गतेसम्म सन्पन्न गर्ने सम्झौता भएको थियो। सुरुङ्ग निर्माण सकिएपनि सुरुङभित्र ‘फिनिसिङ’, सरसफाइ, विद्युतगृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम भने बाँकी नै रहेका छन्। 

भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ। बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्‍याउने र बाह्रै महिना ४८ मेघावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। 

चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ। इन्टेक र पावरहाउसको लागतसमेत जोड्दा आयोजना सम्पन्न गर्न करिब ३३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ।



२०७२ चैत २१ गते भेरी बबईको सुरुङ निर्माणको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए। तोकिएको समय अगावै र टनेलबोरिङ मेशिन प्रयोग गरिएको भेरी–बबई आयोजना नेपालकै पहिलो नमूना आयोजना हो। १० अर्ब ५७ करोड रुपैयाँको लागतमा आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडलाई दिएको थियो। 

सिँचाई विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको छ। आयोजना सम्पन्न भएसँगै बाह्रै महिना सिँचाई उपलब्ध भएपछि कृषि उत्पादन बढ्ने छ। सिँचाई आयोजनाबाट वार्षिक तीन अर्ब र विद्युतबाट चार अर्ब प्रत्यक्ष आम्दानी हुने सरकारको अनुमान छ।

बिटिएम मेसियन प्रयोग गरिएको यो पहिलो आयोजना हो। यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै नेपालमा सुरुङ खन्ने प्रचलन थियो। सामान्यतया ड्रिलिङ र बलाष्टिङ प्रविधिले दैनिक तीन मिटर मात्रै सुरुङ खनिन्छ भने टिबीएसले ५२ मिटरसम्म सुरुङ खनेको थियो। अब भेरी–बबइसँग मिल्दा जुल्दा र सुरुङ खन्नुपर्ने सबै आयोजनाहरुमा टिबिएमको प्रयोग गर्न सकिने छ। आयोजनबाट प्रभावित क्षेत्रका बासिन्दाले रोजगार लगायतका माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।