बिहीबार, वैशाख १३, २०८१

भेरी–बबई सुरुङको 'ब्रेक थ्रु' आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ। सुरुङ्गको ब्रेक थ्रु गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउने भएका छन्।

आयोजना निर्देशक सञ्जिव बरालका अनुसार प्रधानमन्त्री ओलीले सुरुङको प्रस्थान विन्दु सुर्खेत चिप्लेमा पुगेर सुरुङ निर्माण सकिएको घोषणा गर्नेछन्। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको सरकारी टोली सहभागी हुने छ। आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा बिहान ११ बजे मात्रै प्रधानमन्त्रीले सुरुङ्ग निर्माण सकिएको घोषणा गर्नेछन्। प्रधानमन्त्रीले बिटिएम मेसिनको बटन थिचेपछि ‘टनेल एक्जिट प्लेटफर्म’ सुरुङबाट बाहिर आउने छ।

२०७४ कात्तिक अन्तिम सातादेखि टिबिएमले सुरुङ खन्न थालेको आयोजना सन् २०२० मार्च अर्थात २०७६ चैत १५ गतेसम्म सन्पन्न गर्ने सम्झौता भएको थियो। सुरुङ्ग निर्माण सकिएपनि सुरुङभित्र ‘फिनिसिङ’, सरसफाइ, विद्युतगृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम भने बाँकी नै रहेका छन्। 

भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ। बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र बाह्रै महिना ४८ मेगावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ। इन्टेक र पावरहाउसको लागत समेत जोड्दा आयोजना सम्पन्न गर्न करिब ३३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

२०७२ चैत २१ गते भेरी बबईको सुरुङ निर्माणको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए। अन्तरजलाधार राष्ट्रिय गौरबको आयोजना पूर्वाधार विकासमा उदाहरण प्रस्तुत गरेको छ। तोकिएको समय अगावै र टनेलबोरिङ मेशिन प्रयोग गरिएको भेरी–बबई आयोजना नेपालकै पहिलो नमूना आयोजना हो। १० अर्ब ५७ करोड रुपैयाँको लागतमा आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडलाई दिइएको थियो।
 
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको छ। आयोजना सम्पन्न भएसँगै बाह्रै महिना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्ने छ। सिचाई आयोजनाबाट वार्षिक तीन अर्ब र विद्युतबाट चार अर्ब प्रत्यक्ष आम्दानी हुने सरकारको अनुमान छ।

बिटिएम मेसियन प्रयोग गरिएको यो पहिलो आयोजना हो। जलविद्युत, सिँचाई र खानेपानी जस्ता ठूला आयोजनाहरु सुरुङ्ग निर्माणमै वर्षै समय विताउँदै आएको बेला टिबीएस प्रविधिले नेपाललाई नयाँ पाठ समेत सिकाएको हो। अब भेरी–बबइसँग मिल्दा जुल्दा र सुरुङ खन्नुपर्ने सबै आयोजनाहरुमा टिबिएमको प्रयोग गर्न सकिने छ। यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै नेपालमा सुरुङ खन्ने प्रचलन थियो। सामान्यतया ड्रिलिङ र बलाष्टिङ प्रविधिले दैनिक तीन मिटर मात्रै सुरुङ खनिन्छ भने टिबीएसले ५२ मिटरसम्म सुरुङ खनेको थियो।

प्रभावितले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

यता आयोजनबाट प्रभावित क्षेत्रका बासिन्दाले रोजगारलगायतका माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन। पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारी जस्ता कार्यक्रमको प्रत्याभूति हुनुपर्ने लगायतमा माग राखी ज्ञापन पत्र बुझाउने तयारी गरिएको ‘भेरी–बबई सरोकार समाज’ संयोजक जयबहादुर सुनार (जेवी) ले जानकारी दिएका छन्। आयोजना प्रभावित क्षेत्र गुर्भाकोट, भेरीगङ्गा र लेकबेँसी नगरपालिकाका भेरी र बबई किनारका बासिन्दाको ‘भेरी–बबई सरोकार समाज’ गठन गरेका छन्।

प्रवेशद्वार र निकास दुवै भेरीगङ्गा नगरपालिकामा पर्दछ। जसले गर्दा पनि त्यहाँका स्थानीयले आयोजनाबाट लाभको आशा गरेका छन्। प्रभावित क्षेत्रले पाउने लाभको बारेमा कुनै ठोस योजना तयार नभए अहिलेसम्म आयोजनामा अवरोध भने भएको छैन। आयोजनाले स्थानीयका मागलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्नुपर्ने संयोजक सुनारको भनाई छ। प्रभावित क्षेत्रले स्थानीय जनता र स्थानीय सरकारलाई निःशुल्क शेयर दिनुपर्ने, भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकाले सिँचाइ सुविधा र विद्युत्को स्वामित्व पाउनुपर्ने, भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने लगायतका माग राखेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।