बुधबार, वैशाख १२, २०८१

सशस्‍त्रले भीभीआईपीको ड्रोनबाट निगरानी गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले सीमानाकामा सुरक्षा बढाउने भएको छ। प्रभावकारी सिमा सुरक्षाका लागि बोडर आउट पोस्टमा सर्भिलेन्स क्यामराद्वारा निगरानी बढाउने, भीभीआईपीको सुरक्षा निगरानी ड्रोनबाट र संगठनमा बढुवा गर्दा कार्यसम्पादन मूल्याङकन इन्टरनेटबाट भर्न मिल्नेलगायतका महत्वपूर्ण योजना अगाडि सारेको छ। सशस्त्र प्रहरी बलले सोमबार पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो। 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताए। सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सशस्त्र प्रहरी बल कटिवद्ध भएर लागि परेको महानिरीक्षक खनालले बताए। 

महानिरीक्षक खनालले सशस्त्र प्रहरीले आफ्ना सबै युनिटमा मदिरा तथा सुर्तीजन्य पदार्थ किनबेचमा निषेध गरेको बताए। उनले सशस्त्र प्रहरीको सङ्गठनलाई चुस्त तथा दुरुस्त बनाउन ३० वटा कार्यविधि बनाएर काम गरिरहेको बताउँदै ऐन र कानूनअनुसार नियुक्ति तथा पदोन्नति गरिएको जानकारी दिए। सशस्त्र प्रहरी ऐन, २०५५ लाई समयअनुसार संशोधन तथा परिमार्जन गर्दै अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

सशस्त्र प्रहरी बलले देशभरका जुनसुकै भूभागमा हुने सुरक्षा चुनौतीलाई सामना गर्न सबै जिल्लामा आफ्नो सङ्गठनसमेत विस्तार गर्दै लगेको छ। सशस्त्र प्रहरी बलले ५६ जिल्लामा स्थायी कार्यालय रहनेगरी ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरिसकेको छ। 

सशस्त्र प्रहरीले ११ शिक्षालय स्थापना, ३६ गण निर्माण र १५ हजार जनशक्ति तराईका विभिन्न जिल्लामा खटाएको जनाएको छ।  सशस्त्रमा भर्ना हुने जवानलाई आवश्यक पाठ्यक्रमसमेत परिमार्जन गर्दै लगिएको महानिरीक्षक खनालले जानकारी दिए। 

गृह प्रशासन सुधार कार्ययोजनाअनुसार काम गर्दै आएको सशस्त्र प्रहरी बलले हरेक वर्षको भदौ ६ लाई महानिरीक्षक रक्तदान कार्यक्रमका रुपमा समेत मनाउँदै आएको छ। 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिएका  प्रहरी कर्मचारीबाट कटौती हुँदै आएको १५० डलरलाई कटौती नगर्ने निर्णय गरेको महानिरीक्षक खनालले बताए। सशस्त्र प्रहरीले २०७५ सालमा मात्र ५४८ प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको समेत जनाएको छ। 

सशस्त्र प्रहरीले वि.सं. २०७५ मा मात्र विभिन्न खेलबाट २३६ पदक प्राप्त गरेको छ। संगठनमा आवद्ध २५० प्रहरी कर्मचारीलाई  विना ब्याज ऋण उपलब्ध गराउँदै आएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

वि.सं. २०७५ देखि सशस्त्र प्रहरी अस्पतालमा आइसियु कक्ष स्थापना गरेर बिरामी प्रहरी कर्मचारीलाई सेवा दिन शुरु गरेको सशस्त्र प्रहरीले आगामी दिनमा सातै प्रदेशमा अस्पताल लैजाने बताएको छ। सशस्त्र प्रहरीले आर्थिक पारदर्शितालाई ध्यानमा राख्दै शून्य सहनशीलताको नीतिलाई अगाडि बढाएको छ। 

सशस्त्रले चालू आवमा ४३.७७ प्रतिशत बेरुजु फछ्र्यौट गरिसकेको छ। सशस्त्रले २०७२ साल वैैशाख १२ गते गएको भूकम्पले क्षति पुगेका २८ युनिटमध्ये ४२ करोड ७२ लाखमा २५ युनिट पुनर्निर्माण गरिसकेको छ। 

सशस्त्रले उत्तरी तथा दक्षिणी सीमा सुरक्षाका लागि नेपाल–भारत सीमा बैठक ६० पटक र नेपाल–चीन सीमा बैठक १२ पटक बसिसकेको जनाएको छ। वि.स. २०७५ मा मात्र मानव बेचबिखनमा ३० व्यक्तिलाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा हुने चोरी–पैठारीबाट रु ३३ करोड ७० लाख राजश्व उठाएको छ। यस्तै सीमा नाका सुरक्षाका लागि सीमा नाकामा १६९ हेल्प डेस्क स्थापना गरी सेवा प्रदान गरिएको महानिरीक्षक खनालले बताए। 

सशस्त्र प्रहरीले आफ्नो सङ्गठनका बारेमा आम जनतालाई जानकारी दिन ‘मोबाइल एप्स’समेत सञ्चालनमा ल्याएको र उक्त एप्स आजैबाट सञ्चालनमा आउने महानिरीक्षक खनालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।