मंगलबार, वैशाख ११, २०८१

बेथितिले थिचिँदै प्रदेश २, बेरुजुमा पनि पहिलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - स्थापनापछि कार्यसम्पादन सुरु गरेको वर्ष प्रदेश र स्थानीय तहमा व्यापक अनियमितता भएको पाइएको छ। प्रदेश र स्थानीय तह दुवैमा विगतको सरकार र सरकारअन्तर्गत रहेका नियकायझैँ अनियमितता र मनपरी खर्च भएको पाइएको हो।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४ र ७५ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु प्रदेश २ मा पाइएको छ। संघीय सरकारझैं प्रदेश र स्थानीय सरकारले मितव्ययी तथा औचित्यपूर्ण खर्च गर्न नसकेको महालेखापरीक्षकको प्रतिवेदनमा जनाइएको छ।

महालेखापरीक्षकको कार्यालयले गरेका लेखापरीक्षणअनुसार सबैभन्दा बढी बेरुजु प्रदेश २ मा देखिएको छ भने सबैभन्दा कम प्रदेश ५ रहेको पाइएको छ। 

आर्थिक वर्ष २०७४ र ७५ मा १६ करोडभन्दा बढी रकम बेरुजु पाएको छ। महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझाएको प्रतिवेदनमा १६ करोड ४६ लाख ९ हजार रुपैयाँ बेरुजु देखिएको हो।

महालेखापरीक्षक कार्यालयले प्रदेश २ अन्तर्गतको १० निकायमा ६९ करोड ४३ लाख ९५ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो। जसमध्ये उक्त रकम बेरुजु पाइएको छ। यो रकम प्रतिशतका आधारमा २३ दशमलव ७१ प्रतिशत रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।