शनिबार, वैशाख ८, २०८१

किसान नेता पोखरेलको सडक दुर्घटनामा निधन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सर्लाही – सर्लाहीका किसान नेता चिरिन्जिवी पोखरेलको आइतबार सडक दुर्घटनामा निधन भएको छ। जिल्ला प्रशासन कार्यलय जाँदै गर्दा उनी सवार गाडि दुर्घटनामा ग्रस्त हुँदा गम्भिर घाइते पोखलेरलाई उपचारका लागि मलंगवास्थित अस्पतालमा पुर्‍याएको केही बेरमै निधन भएको हो। उनी बागमती नगरपालिका- १० शंकरपुरका स्थायी वासिन्दा हुन्।

दिउँसो साँढे १ बजे कविलासी नगरपालिका–१० सलेमपुरमा टाटा भिक्टा जीप पल्टिँदा उनको मृत्यु भएको हाे भने १० जना घाइते भएका छन्। सदरमुकाल मलंगवाबाट फर्किदै गरेको बीआर ०१ पीडी ५९५१ नम्बरको भारतीय भिक्टा जीप पल्टिएको हो।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला सदरमुकाम मलंगवा तर्फ जाँदै गरेको नेता पोखरेल सवार मोटरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिन खोृज्दा गाडि अनियन्त्रित भएर पल्टिएको थियो। बिपरित दिशाबाट आएको उक्त मोटरसाइकललाई जोगाउन खोज्दा गाडि दुर्घटनामा परेको हो। 

दुर्घटनामा बागमती नगरपालिका–१० का वडाध्यक्ष शेख जुवैद, बागमती नगरपालिका–६ की वडा सदस्य मीरा कार्की, गोमा लामा, देवीकुमारी महतोलगायत ९ जना घाइते भएका छन्। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।

को हुन नेता पोखरेल ?

२०४६/४७ सालको जनआन्दोलनमा रत्नराज्य लक्ष्मी क्याम्पसमा तात्कालिन नेकपा माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा उनी आवद्ध थिए। विद्यार्थी जीवनमा पञ्चायति व्यवस्था बिरुद्ध सडक संघर्षका क्रममा उनी गिरफ्तार भएका थिए। उनलाई कारागारमा चरम यातना दिएको जानकाहरु बताउँछन्। 

जनआन्दोलन सफल भएपछि उनी गृहजिल्ला सर्लाही फर्के। पछि उनले स्थानीय स्तरमा किसानका जल्दाबल्दा समस्या उठाउँदै तिनको समाधानका लागि सक्रिय राजनीति जीवन विताए। पोखरेलले सर्लाहीका किसानहरुले झेल्दै आएका बिउबिजन, मलखाद, सिंचाई एवं कृषि उपजको उचित व्यवस्थापनका लागि सक्दो प्रयास गर्दै आएका थिए। उनी साविकको शंकरपुर गाविसको उपाध्यक्षमा निर्वाचित पनि भएका थिए। उनी नेकपाका वर्तमान जिल्ला सदस्य समेत हुन्।

स्थानीयका अनुसार उनको कार्यकालमा स्थानीय तहमा सडक विस्तार, सामाजिक सुरक्षा, साम्प्रदायीक एवं सामाजिक सहिष्णुता अत्यन्तै उदाहरणिय ढंगले व्यवस्थित भएको थियो।  उनी लामो समयदेखी स्थानीय स्तरका कृषक सहकारी संस्थाहरुमा समेत आवद्ध थिए। स्थानीयहरु उनलाई दलिय स्वार्थ भन्दा माथि उठेर सामाजिक भावनाले काम गर्ने  व्यक्तिको रुपमा लिन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।