शुक्रबार, वैशाख १४, २०८१

३४२ जना विभूषित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले  समाजमा योगदान गर्ने विभिन्न क्षेत्रका ३४२ महानुभावलाई  विभूषण प्रदान गरेकी छन्। नयाँ वर्ष ०७६ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा ती महानुभाव सम्मानित भएका हुन्।

नेपाल रत्न पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त प्रदान गरिएको छ । महाउज्वल राष्ट्रदीप प्रथम श्रेणी राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङलाई मरणोपरान्त प्रदान गरिएको छ । सोही विभूषणबाट संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरे विभूषित भएका छन् ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणी पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई  र उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट इतिहासकार डा. बालकृष्ण पोखरेल र संस्कृतविद् जगमान गुरुङलाई प्रदान गरिएको छ ।

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पाउनेमा कवि तथा गीतकार दिनेश अधिकारी, कलाकार हरिप्रसाद रिमाल र इतिहासविद् दिनेशराज पन्त छन् ।

सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट ९६ जनालाई विभूषित गरिएको छ ।  साहित्यकार झमक घिमिरे कीर्तिमय राष्ट्रदीप चतुर्थ विभूषणबाट विभूषित भएकी छन् । प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट १६० जना तथा जनसेवा श्री पञ्चम श्रेणीबाट ७४ जनालाई विभूषित गरिएको छ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकदेखि सिपाहीसम्मका ३४ जनालाई जनसेवा श्री पञ्चम श्रेणी प्रदान गरिएको छ । विभूषित हुनेमा वरिष्ठ प्रहरी उपरीक्षक रामदत्त जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली सहित प्रहरी उपरीक्षक दानबहादुर कार्की विष्णुकुमार केसी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।