शनिबार, वैशाख ८, २०८१

तीन सय नौ हप्ता सफा गर्दा पनि वाग्मती अझै शौचालय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय क्रम अझै कम भएको छैन् ।

वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीलाई नै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले बताए । नदीमै बनाइएको शौचालयबाट नदीमा मलमूत्र बगेर जाने गरेको छ । 

यसले गर्दा जति सफा गरेपनि हिँड्दैछ, पाइला मेट्दैछ भनेझै सफा गर्नुको अर्थ नहुने अभियानकर्मीको गुनासो छ । त्यसरी बनाइएका केही शौचालय शनिबारको सफाइका क्रममा भत्काइए पनि केही अझै बाँकी छन् । बल्खु क्षेत्रको नदी किनारमा सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरी बसेकाले यसरी नदीमै शौचालय बनाएका हुन् । उसो त यस क्षेत्रको नदीमा अझै ढल हाल्न रोकिएको छैन ।

अधिकार सम्पन्न वाग्मती समिति लगायत सरोकार भएका सरकारी निकायको मौनताले नदीको जग्गा कब्जा गरेर बस्नेलाई हटाउन नसक्दा वाग्मती सफाइमा चुनौती देखा परेको अभियानकर्मीको भनाइ छ । सरकारले बनाएको आवासमा पनि नसरी सुकुम्बासीका नाममा नदीको किनारको खाली ठाउँ कब्जा भइरहेको छ । 

उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।

 स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । बल्खु क्षेत्रको वाग्मती सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १७ संस्थाको सक्रियता थियो । सफाइमा ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।    गुह्येश्वरीमाथिको नदी सफाइको २७० औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–५  स्थित हनुमान वाटिका अघिको नदी किनारमा सफाइ गरियो ।

यस्तै रुद्रमती सफाइ अभियानको २६४ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । 

विष्णुमती सफाइको २३६ औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिकाबीचको मनमैँजु पुलबाट शिव मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले जानकारी दिए । सफाइमा ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

मनोहरा नदी सफाइको १०८ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित झोलुगे पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।