एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा युनाईटेडले वेष्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाईटेडको जितका लागि पाउल पोग्बाले दुवै गोल गरे । पोग्बाले दुवै गोल पेनाल्टीमा गरेका हुन् । वेष्ट ह्यामका फिलिपे एण्डरसनले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा पोग्बाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफम १-० को अग्रता लिएको खेलको दोस्रो हाफमा युनाइटेडले थप एक गोल गर्दा एक गोल खाएको थियो । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा एण्डरसनले गोल गर्दै वेष्ट ह्यामलाई खेलमा फर्काए ।
तर, ८० औं मिनेटमा पोग्बाले पुनः पेनाल्टीमा व्यक्तीगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए । जितसँगै युनाईटेडले ३३ खेलबाट ६४ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । पराजित वेष्ट ह्याम ४२ अंकसहित ११ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४