बिहीबार, वैशाख १३, २०८१

चर्चा बटुलेका वर्षका १० कृति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – पछिल्लो समय नेपाली साहित्यको बजार आशा लाग्दो बन्दै गाएको छ। केही वर्षपहिले थोरै पुस्तक निस्किथे। तिनीहरुको चर्चा पनि स्रष्टाबीचमा मात्रै हुन्थ्यो। तर, अहिले समय फेरिएको छ। पठन संस्कृतिको विकास हुन थालेको छ। साहित्यकार र साहित्यिक कृतिले राम्रै चर्चा पाउने गरेका छन्। प्रकाशन गृह बढेका छन् भने पाठकको संख्या बढ्दो छ। यसले लेखकलाई पनि हौस्याएको छ। त्यसैले बर्सेनि अब्बल पुस्तकहरू निस्किरहेका छन्।
 
फाइन प्रिन्ट, बुक हिल, नई प्रकाशन, सांग्रिला, डिकुरा, यम्बुरी, ऐश्वर्या, बाह्रखरी बुकहाउस जस्ता प्रकाशन गृहले अहिले साहित्यको क्षेत्र उल्लेख्य योगदान पुर्‍याइरहेका छन्। यी प्रकाशन गृहले साहित्यिक र सांस्कृतिक कृति प्रकाशमा प्राथमिकता दिएको पाइन्छ। यी प्रकाशन गृहले लेखकसँग सम्झौता गरेर राम्रो पारिश्रमिक पनि दिइरहेका छन्। यसले गर्दा लेखकको व्यस्तता समेत बढेको छ।
 
अहिले अमर न्यौपाने, बुद्धिसागर, रामलाल जोशी, नयनराज पाण्डे, सुविन भट्टराईलगायतका लेखकहरु फुल टाइम लेखनमा व्यस्त छन्। उनीहरूले लेखनीमा नै जीवन व्यतित गरिरहेका छन्। यसले नेपाली साहित्यमा सकरात्मक सन्देश दिनुका साथै लेखेर पनि बाँच्न सक्ने हाम्रो बजार बन्दै छ भन्ने आशाका किरण देखाएको छ।

वर्ष २०७५ मा कस्ता पुस्तकले पाठक मन जिते त ?

विमान विद्रोह

प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले ‘विमान विद्रोह’ पुस्तक लेखे। २००३ सालमा धनकुटामा जन्मिएका लेखक सुवेदीले उक्त पुस्तकमा २०२० सालमा गरिएको विमान अपहरणबारेको अनुभूति समेटेका छन्। कृतिमा नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्‍याउन २०३० सालमा ३० लाख भारतीय रुपैयाँ लुट्दाको अनुभूति समावेश छन्। यो वर्ष ‘विमान विद्रोह’ले नेपाली साहित्य जगतमा राम्रै चर्चा बटुल्यो। 

सुवेदीले पुस्तकमा कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा, आफूलाई पार्टीबाट नै मार्न खोजिएको षड्यन्त्र, पत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले गरेको आर्थिक प्रलोभनको प्रस्तावबारे लेखेकै कारण पनि यो पुस्तक थप चर्चित बन्न पुग्यो। ‘विमान विद्रोह’ लाई प्रकाशन किताब पब्लिसर्स प्रालिले बजारमा ल्याएको हो।

योगमाया

नीलम कार्की निहारिकाको ‘योगमाया’ पुस्तकले पनि राम्रै चर्चा पायो। यस पुस्तकले ०७४ को ‘मदन पुरस्कार’ प्राप्त गरेसँगै ०७५ मा पनि राम्रो चर्चा बटुल्यो। समाज सुधारक एवम् संघर्षशील महिला योगमायाको जीवनीमा आधारित यस पुस्तकलाई थुप्रैले मन पराए। लेखक कार्कीले लामो अध्ययन अनुसन्धानपछि भोजपुरको मजघा सिम्लेकामा जन्मेकी योगमायाको जीवन संघर्षको गाथालाई बाहिर ल्याएकी थिइन्। योगमायाको जीवन गाथा प्रेरणादायी रहेकाले पनि यसलाई थुप्रैले रुचाएका हुन्। 

तत्कालीन समयमा योगमायाले धनी गरिबबीचको असमान लेनदेन, महिलामाथिको भेदभाव, जनताको समस्या समाधानमा सत्ताधारीहरुको उदासीनता, सरकारी कर्मचारीले काममा गर्ने आलटाल र घुस खाने प्रवृत्तिलगायत विषयमा विरोध गरेकी थिइन्। उनले त्यो समयमा गरेको विद्रोह वर्तमान समयमा पनि उदाहरणीय छ। अहिलेसम्म पनि हाम्रो समाज त्यो समस्याबाट माथि उठ्न सकेको छैन। त्यसैले निहारिकाको यो कृतिले पाठकको मन छोएको हो।

बीपीको विद्रोह

नेपाली राजनीतिका विशिष्ट व्यक्ति व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाबारे सूक्ष्म र गहन ढंगले लेखिएको पत्रकार जगत नेपालको पुस्तक ‘बीपीको विद्रोह’ ले राम्रै चर्चा पायो। बाह्रखरी बुकहाउसले बजारमा ल्याएको यस कृतिले बीपीको जीवनका लुप्त पाटाहरु र विद्रोहका कुरालाई बाहिर ल्याएको छ। बीपीले राजनीतिक जीवनमा गरेको भौतिक बौद्धिक विद्रोहका पाटालाई पुस्तममा मिहिन ढंगले प्रस्तुत गरिएको छ।

न्याय

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आत्मकथा ‘न्याय’ नामक पुस्तक यस वर्ष बजारमा ल्याइन्। पुस्तकमा कार्कीले आफूले भागेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्यायलगायतका विषय उठाएकी छन्। उनले व्यक्तिगत जीवनका अन्य भोगाइलाई पनि कृतिमा समावेश गरेकी छन्। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। आफू प्रथम महिला न्यायाधीश हुँदा भोगेका अनुभूतिलाई पनि कृतिमार्फत पस्केकी छन्।  पुस्तक बुक हिलले बजारमा ल्याएको यो।

सखी

२०७२ सालको ‘मदन पुरस्कार’ विजेता साहित्यकार रामलाल जोशीले पहिलो औपन्यासिक कृति ‘सखी’ यस वर्ष बजारमा ल्याए। मोफसलमा बसेर पूर्णकालीन साहित्य सिर्जनमा सक्रिय जोशीले पश्चिम नेपालमन थारु समुदायको कथालाई ‘सखी’ मा समाविष्ट गरेका छन्। कृतिमा समाज र राज्यबाट शोषण, विभेद तथा उत्पीडनमा परेकी एक थारु युवतीको दर्दनाक कथा छ। ‘सखी’ ले थारु समुदायका महिलाले कमलरीको रुपमा वर्षौंदेखि भोग्दै आएको पीडालाई पनि मिहीन ढंगले उठाएको छ। हिजोको सामन्ती सोचले ‘सखी’ माथि गरेको विभेद् यस कृतिमा समावेश छ। यो नलेखिएको र नयाँ विषयवस्तु भएकाले पनि सबैको मनमा वस्न सफल भयो। अझ त्यो समुदायका बारेमा चान्न चाहनेहरुका लागि यो कोसेढुंगा साबित बन्यो। 

बारुदमाथि उड्दा

क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ पनि यो वर्ष उचाइएका कृतिहरुको लिस्टमा अग्रस्थानमा छ। आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घन्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापाले तीनै अनुभूतिहरुलाई पुस्तकमा कैद गरेका छन्। क्याप्टेन थापाले माओवादी जनयुद्धमा कहालीलाग्दो समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीको उद्धार गरेका थिए। 

थापाले पुस्तकमा युद्धकालका आला घटना, छटपटाइरहेका घाइतेका चित्कार तथा बारुदको धुवाँमाथि उडेर गरिएको उद्धारको वर्णन गरेका छन्। पुस्तकमा रुकुमको खारा आक्रमण, दैलेखको नौमुले, रामेछापको बेथान आक्रमण, सिन्धुलीको भिमाद आक्रमण लगायतका चालिस बढी स्थानको घटनाका बारेमा पुस्तकमा चर्चा गरिएको छ।

कोरियाना कफीगफ

वरिष्ठ पत्रकार एवम् २०६१ सालको ‘मदन पुरस्कार’ विजेता साहित्यकार नारायण वाग्लेको ‘कोरियाना कफीगफ’ बजारमा आएको छ। पल्पसा क्याफे मार्फत नेपाली साहित्यमा फरक धार विकास गरेको भन्दै श्रेय समेत प्राप्त गरेका वाग्लेको ‘कोरियाना कफीगफ’ अहिले बिस्तारै चर्चा बटुलिरहेको छ। पब्लिकेसन्स नेपालले यसलाई बजारमा ल्याएको हो। यो पुस्तक उनले समाचार कक्षभित्र सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित छ।

विद्रोही प्राज्ञ प्रेमा शाह

नरेन्द्रराज प्रसाईले यस वर्ष साहित्यकार प्रेमा शाहको जीवनीमा आधारित कृति ‘विद्रोही प्राज्ञ प्रेमा शाह’ नामक पुस्तक बजारमा ल्याए। नरेन्द्रराज प्रसाई लिखित र नई प्रकाशनले ल्याएको उक्त पुस्तकले पनि साहित्यिक बजारमा राम्रो चर्चा पायो। 

प्रिय सुफी

युवा माझ लोकप्रिय लेखक सुविन भट्टराईको प्रिय सुफीले आगामी कृति झै युवाको मन आकर्षित गर्न सक्यो। उनको कृतिको युवा जगतमा राम्रो चर्चा भयो। प्रेमका विषयमा कलम चलाउँदै आएका लेखक भट्टराइले यसमा पनि प्रेमकै कुराको ब्याख्या गरेका छन्। प्रेरणादायी रुपमा लेखिएको यो कृतिले थुप्रै पाठकको मन छोयो। लेखक भट्टराई स्वयम्ले पनि यस कृतिलाई आफ्ना आगामी कृति भन्दा आफूलाई यो सबै भन्दा बढी मन परेको बताएका थिए।

भूमिका

भूमिका श्रेष्ठ तेस्रोलिंगी अधिकारकर्मी हुन्। उनले यसै वर्ष ‘भूमिका’ नामक आत्म कथा बजारमा ल्याइन्। यस पुस्तकका तेस्रोलिंगिको कथा समेटिएको छ। जन्मदा पुरुष र बढ्दै जाँदा महिलाको हाउँभाउ भएकी भूमिकाको आत्मकथालाई यसमा सभावेश गरिएको छ। ३५ वटा विषय समावेश गरेर लेखिएको यो पुस्तक सम्पूर्ण तेस्रोलिंगीहरुको पीडिलाई जीवनको प्रतिनिधित्व गर्ने एउटा दस्तावेज पनि हो। अझै पनि तेस्रोलिंगिलाई हेर्ने समाजको दृष्टिकोण फरक छ। तेस्रोलिंगिहरुले अपहेलित जीवन जिउनु परिरहेको बाध्यकारी अवस्था छ। यो पुस्तकमा यस्ता यस्तै पीडाहरु समावेश छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।