काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंग्याउन पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले छलफल गरेका छन् ।
चन्द्रागिरि हिल्स रिसोर्टमा भएको बिहीबार र शुक्रबार भएको छलफलमा यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर समायोजन र कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल भएको बताइएको छ। केन्द्रीय सदस्यको कार्यविभाजन र एकीकरणको बाँकी काम सक्नेलगायत विषयमासमेत छलफल भएको बताइएको छ।
छलफलमा रामबहादुर थापा र महासचिव विष्णु पौडेल पनि सहभागी रहेका बताइएको छ। उनीहरुले चन्द्रागिरि हिल्समा करिब २३ घण्टा व्यतित गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४