शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत २९ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

प्रत्येक नेपालीको काँधमा ३१ हजार ऋणको भारी

प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको छ। महालेखा परिक्षकको कार्यालयलले पेश गरेको आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदनले यस्तो आंकलन प्रस्तुत गरेको छ।

विद्युत् प्राधिकरणको नाफा तीन अर्ब 

नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा  करीब तीन अर्ब  खुद नाफा गर्न सफल भएको छ।  विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो। महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो। 

लिबियाबाट शान्ति सैनिक नहट्ने

नेपाली सेनाले अफ्रिकी राष्ट्र लिबियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मिशन हेड क्वार्टर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनी सम्प्रेषित आधारहीन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेना अनुरोध गर्दछ।’

पञ्चेबाजाको संरक्षण र व्यवसायीकताका लागि तालिम

परम्परागत हुड्के नाच तथा पञ्चेबाजाको संरक्षण र यसलाई व्यवसायीक बनाउने उद्देश्यले डोटीमा युवाहरुलाई १५ दिनको तालिम प्रदान गरिएको छ। पुस्तान्त्रण हुन नसकेको पञ्चेबाजा बजाउने कार्यलाई व्यवसायीक बनाउन केआइसिंह गाउपालिका– ५ को वडा कार्यालयले १५ दिने परम्परागत लोक संस्कृती संरक्षण तथा बिकास तालिमको आयोजना गरेको हो। 

'खेलाडीलाई होटल छैन, भत्ता पुगेन'  

 प्रदेश न‌ं. ५ मा सुरु भएको आठौं राष्ट्रिय खेलकूदको तीन दिन नबित्दै खेलाडीले सास्ति खेपेका छन् । प्रदेश न‌ं. ५ का विभिन्न क्षेत्रमा आयोजना भएका खेलका लागि उपस्तित भएका खेलाडीले खेल जिनकै नत बस्न पाएका छन् । नत होटेलमा बस्नका लागि खेलाडीलाई प्रयाप्त भत्ता नै छ । 

कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानमा आरजुसहित ३८ सदस्य मनोनीत

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानमा डा. आरजु देउवासहित ३८ सदस्यलाई मनोनयन गरेका छन्। उनले पार्टी विधानको धारा ३६ ९१) ९ग) बमोजिम सदस्य नियुक्त गरेका हुन्।

नागरिकतामा राजपाको डबल रोल :  सडकमा हल्ला, संसदमा चुप

नागरिकताको विषयलाई महत्वपूर्ण राजनीतिक मुद्दामा रुपमा उठाउँदै आएको राष्ट्रिय जनता पार्टी राजपा संसदीय समितिको छलफलमा भने उदासिनजस्तो देखिएको छ।

न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट खारेज

दुई वर्षअघि नियुक्त भएका ८० जना न्यायाधीशमाथि प्रश्न उठाई दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित पाँच सदस्यीय रहेको संवैधानिक इजलासले न्यायाधीश नियुक्ति खारेजीको माग गर्दै परेको रिट शुक्रबार खारेज गरेको हो।

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो।

खानेपानीका पाँच ठूला आयोजनाको काम अघि बढ्दै

खानेपानी मन्त्रालयले खानेपानीका ५ ठूला आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ। मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न मन्त्रालयले पाँच आयोजनालाई प्राथमिकता दिएको हो। 

गाउँभरि घैंटो 

 युवावस्थाको धेरै समय पानीको जोहो मै बिताएका अम्मरबहादुर थापालाई घैंटोमा पानी सङ्कलन हुन थालेपछि सुविस्ता भएको छ। जिल्लाको पर्यटकीय गाउँका रुपमा परिचित बागलुङ नगरपालिका वडा नं १० भकुण्डे निवासी ८१ वर्षीय थापाले जीवनमा पानी बोक्नकै लागि धेरै समय खेर फालेको स्मरण गरे। राति तीन बजे कुँवाको पानी भर्न एक घण्टा हिँडेर जीवनका आधा उमेर धकेलेका थापालाई २०३३ सालदेखि गाउँमा धारो आएपछि कुँवामा पानी लिन जान परेन। 

भारत पसेका १६५ जना बेपत्ता

मजदुरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदुर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो।

जल र स्थल मार्गको संगम बन्यो हलेदे

दक्षिणी भोजपुरको विकट मानिने हलेदे जलमार्ग र स्थलमार्ग जोडिएपछि दुवैको संगमस्थल भएको छ। विकट हलेदे अब भोजपुर र पूर्वी तराईसँग निकट भएको छ। 

टेलिकमको नयाँ वर्ष अफर यस्तो

नेपाल टेलिकमले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै नयाँ ’अफर’ सार्वजनिक गरेको छ। टेलिकमले नयाँ वर्षमा २ सय रुपैयाँको ’प्याक अफर’ योजना सार्वजनिक गरेको हो।

सिंगापुरमाथी नेपाल २१७ रनले विजयी

आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले सानदार सुरुवात गरेको छ । मलेसियामा जारी छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको हो ।

पर्यटनमा उत्साह र वियोगको वर्ष बन्यो २०७५

२०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो। नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्द्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत गरिदियो।

'एकताको सन्देश दिन कास्कीको उपनिर्वाचन जित्‍नैपर्छ'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीमा हुने संसदीय उपनिर्वाचन जिते पार्टी एकताको सन्देश जाने बताएका छन्। स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको स्थानमा हुने उपनिर्वाचनमा कांग्रेसलाई जिताए एकताको सन्देश देशव्यापी जाने देउवाको भनाई छ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट खेल्ने भएको छ । नेपालले एसिया छनोटमा दोस्रो चरणबाट सहभागिता जनाउने छ । 

दुर्घटना घटाउन ‘ट्राफिक सप्ताह’ सुरु 

उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुक्रबारदेखि सुरु भएको छ।

सरकार र चिकित्सक आआफ्नै अडानमा, मारमा बिरामी

सरकारले आन्दोलनरत चिकित्सकलाई काममा नफर्के बल प्रयोग गर्ने बताइरहँदा डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ।

सुडानी सेनाले शासन हातमा लियो, राष्ट्रपति पक्राउ 

सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ। राष्ट्रपतिलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षा मन्त्री अवाद इब्नौफले राज्यद्धारा सञ्चालित टेलिभिजनबाट घोषणा गरेका छन्। उनले राष्ट्रपतिलाई सुरक्षित स्थानमा राखिएको बताए।

टिपरको ठक्करबाट एकजनाको मृत्यु

नुवाकोटमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

ललितानिवासको जग्गा हिनामिना : विष्णु पौडेल यसरी बने भूमाफियाको मतियार

नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्ण शमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ । 

बचतकर्ताको ८ करोड ठगी गरेर सहकारी संचालक फरार 

यहाँको लिंकरोडस्थित सहकारी संचालक दम्पति फरार भएपछि १४ सय बचतकर्ताको बिचल्ली भएको छ।

निजी विद्यालयको शिक्षण शुल्क २७ प्रतिशतले बढ्यो 

निजी विद्यालयहरुले मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्मले बढाउने भएका छन् । काठमाडौं महानगरपालिकाले २७ प्रतिशतसम्म शुल्क बढाउन स्विकृति दिएपछि विद्यालयहरुले शुल्क बढाउन लागेका हुन् । 

यू-१९ विश्वकप छनोट सुरु : यस्तो छ नेपालको तयारी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु भएकाे छ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।

खटाएको ठाउँमा नजाने कर्मचारीलाई गृहले कारवाही गर्ने

पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दिँंदै गृह मन्त्रालयले  काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ  । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।