शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना

आजका अखबार : विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कसैले विद्युत प्राधिकरणमा भएको अनियमिततालाई मुख्य समाचार बनाएका छन् भने कसैले अब स्वदेशमै हतियार उत्पादन हुने विषयलाई प्राथमिकतामा पारेका छन् । केहिले निर्वाचन आयोगको लापरबाहीका कारण १९ करोडको मतदाता शिक्षा सामाग्री खेर गएको र २७ प्रतिशतले शिक्षण शुल्क वृद्धि भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

आजको कान्तिपुर दैनिकले महशुल निर्धारणका क्रममा नेपाल विद्युत प्राधिकरणमा झण्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको खुलासा गरेको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई अस्वभाविक रुपमा महशुल छुट दिइएर अनियमितता गरेको समाचारमा उल्लेख छ । 

तथ्यांक अनुसार ०७४ चैत मसान्तसम्म ४ अर्ब ७३ करोड ९७ लाख नोक्सानी भएको देखिन्छ । त्यस्तै पछिल्लो एक वर्षको २ अर्ब ५७ करोड, झण्डै ९ महिनादेखि प्रतिवेदन गोप्य राखिएको छ भने हेटौंडाको औद्योगिक क्षेत्रमा सबैभन्दा बढी अनियमितता भएको पाइएको छ ।

यस्तै कान्तिपुरले सहरी विभागको जग्गा पनि व्यक्तिकै नाममा रहेको खुलासा गरेको छ ।

सहरी विकास तथा भवन विभाग रहेको जग्गामा व्यक्तिका नाममा दर्ता गर्ने सर्वोच्च अदालतले आदेश दिएको खुलासा भएको हो । बाइस वर्षअघि सर्वोच्चले कांग्रेस नेता भरतशमशेर राणा नाममा उक्त विभाग भएको जग्ग दर्ता गर्नुपर्ने परमादेश जारी गरेको पाइएको समाचारमा जनाइएको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने नेपाल र भारतबीच अनलाइन प्रणालीमार्फत ऊर्जा ‘एक्सचेन्ज मार्केट’ (सट्टा बजार) मा किनबेचसम्बन्धी सम्झौता हुन लागेको विषयलाई मुख्य समाचार बनाएको छ।

सम्झौता भएपछि नेपालले आफूलाई चाहिएको बिजुलीको परिमाण र आवश्यक समय खुलाएर अघिल्लो दिन अनलाइनमा विवरण राखिदिने र त्यसअनुसारको बिजुली भोलिपल्ट प्राप्त हुने प्रणाली स्थापित गरिने विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले जनाएको समाचारमा उल्लेख छ । 

यसैगरि अन्नपूर्णले अब स्वदेशमै हतियार उत्पादन गरिने विषयलाई पनि प्राथमिकतमा साथ छापेको छ ।

नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको समाचारमा उल्लेख छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो। नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ।
 
आजको नयाँ पत्रिका दैनिकले भने निर्वाचन आयोगको लापरबाहीका कारण १९ करोडको मतदाता शिक्षा सामाग्री खेर गएको विषयलाई मुख्य समाचार बनाएको छ ।

गत वर्ष भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौं फजुल खर्च गरेको महालेखाले औल्याएको छ । मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षा लगायतमा ठूलो आर्थिक अनियमितता देखिएको समाचारमा उल्लेख छ ।

समाचारअनुसार मतपत्रको ढाँचामाािथ नै विवाद हुुँदाहुँदै ११ करोड ७२ लाखको नमुना मतपत्रसहितको सामग्री तयार भएको उल्लेख छ । अदालतले ढाँचा परिवर्तन गर्न आदेश दिएपछि पनि लगातार चार दिनसम्म यस्ता सामग्री छाप्दा थप ७ करोड ५४ लाख अपव्यय भएको समाचारमा जनाइएको छ ।
 
यो विषय बाहेक म्याद सकिन लागेका औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खरिद गरेको खुलासा गरेको छ। ८५ वर्षअघि शहीद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफै थला परेको समाचारमा उल्लेख छ ।
 
आजको नागरिक दैनिकले भने जनकपुरमा मन्दिरको १५ विघा जग्गा भूमाफियाको कब्जामा रहेको खुलासा गरेको छ । सरकार मातहात रहेको अर्बौ रुपैयाँ बराबरको जग्गा भूमाफियाले कब्जामा लिएको समाचारमा उल्लेख छ । तर, नियमनकारी निकाय भने मौन देखिन्छ ।
 
यस्तै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्विकृति दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । महानगरको यो निर्णयबाट अभिभावक मारमा परेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।