काठमाडौं – जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी विज्ञान देव पाण्डेलाई दिइएको छ। सहायक रथी याम प्रसाद ढकालले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी पाण्डेलाई जिम्मेवारी हस्तान्तरण गरे।
ढकालले आफूले जिम्मेवारी निर्वाह गर्दै गर्दा सञ्चार माध्यमबाट प्राप्त सहयोगप्रति खुशी व्यक्त गरेका थिए। यस्तै सेनाले ढकालको कार्यकालमा पनि नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुने विश्वास व्यक्त गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४