एजेन्सी- नेयमारले लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का लागि बार्सिलोना छोडेकोमा पश्चाताप भएको उनका पुर्व टिम सहकर्मी आड्रियानोले बताएका छन् । अन्तराष्ट्रिय मिडियासाग कुरा गर्दै आड्रियानोले आफुले नेयमारसँग तीन हप्ता पहिले यस बिषयमा वार्तालाप गरेको बताएका छन् ।
‘मैले तीन हप्ता पहिले नेयमारसँग कुरा गरेको छु । जो नाउ क्याम्प छोड्ने आफ्नो निर्णय प्रती पश्चातापमा छन् ।’ आड्रियानोले भने, ‘हरेक कोही बार्सिलोनासँग खेल्न चाहन्छन् । तर, नेयमारले बार्सिलोना छोड्दै पिएसजी पुगे । त्यसैले उनी धेरै भन्दा धेरै पश्चातापमा छन् ।’
बर्सिलोनामा तीन सिजन बिताएका नेयमारले बार्सिलोनाका लागि सबै खाले १ सय ८६ खेल खेलेका थिए । जहाँ उनले १ सय ५ गोल समेत गरेका थिए । नेयमारले पिएसजीमा ५३ खेल खेल्दा ४८ गोल गरेका छन् ।
उनले जारी सिजनको लिग वानका १३ खेलमा १३ गाेल गरेका छन् । जुन रेसियो बार्सिलोना भन्दा अधिक हो । तर, पनि उनले आफ्नो निणैय प्रति पश्चाताप भएको बताइएको छ । गत सिजन उनले २० पिएसजीका लागि सबै खाले ३० खेलमा २८ गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४