काठमाडौं - नेपाली कांग्रेसले सरकार मुलुकमा शान्ति, सुव्यवस्था कायम राख्न असक्षम र निरीह बनेको बताएको छ।
नेपाली कांग्रेसको संसदयीय दलले बिहीबार जारी गरेको विज्ञप्तिमा वर्तमान सरकार गठन भएपछि हत्या, हिंसाका घटनाहरु झनै बढेर गएको उल्लेख छ। आफ्ना दलका नेता तथा कार्यकर्तामाथि श्रृंखलाबद्ध आक्रमणहरु भइरहेको भन्दै कांग्रेसले दलले कठोर कदम चाले त्यसको जिम्मेवार सरकार हुनुपर्ने बताएको छ।
बालकृष्ण खाँडद्वारा हस्ताक्षरित विज्ञप्तिमा गत फागुन २६ गते रुपन्देही जिल्लाको देवदहमा तरुण दलका नगर कार्यसमिति सदस्य अनिस पुरीमाथि साङ्घातिक हमला गर्दै हत्या गरिएकोमा विरोध जनाइएको छ। साथै, कांग्रेसले यस्ता घटनामा गम्भीर बन्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४