बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘महासचिवज्यूले ललितनिवासको जग्‍गा किन्‍नुभाे, ठगिनुभो’

‘महासचिवज्यूले ललितनिवासको जग्‍गा किन्‍नुभाे, ठगिनुभो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं - सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललित निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेलले किनेको स्वीकार गरेका छन्। मन्त्री बाँस्कोटाले सञ्चारमाध्यममा आए जसरी महासचिव पौडेलले कुनै अनियमितता नगरेको तर जग्गा किनेर पौडेल उल्टै ठगिएको दाबी गरे।

मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘महासचिवज्यूले कसैको नाममा भएको जग्गा  किन्‍नु भएको हो । तर जग्गा नक्कली परेछ । उहाँलाई कसैले ठगेछ।’

उनको प्रश्‍न थियो, जग्गा किनेर उहाँले के गल्ती गर्नु भयो त ?  उहाँ त अपराधी होइन, पीडित हो । क्षतिपूर्ति पाउनुपर्ने होइन र ? उनले उक्त जग्गा मालपोतमा रोक्का भइसकेको जानकारी दिँदै छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताए। उनले भने, यसमा कुनै बद्‍मासी भएको छ भने कसैलाई पनि छोड्ने कुरा हुँदैन, कोहो उम्किन पाउँदैन।

जग्गा अनियमिततामा महासचिव पौडेलेको कुनै संलग्नता नरहेको दाबी गर्दै मन्त्री बाँस्कोटाले उनको बचाउ गरे। उनले जग्गा अनियमितता गर्ने जोकेहीलाई सरकारले कारबाही गर्ने स्पष्ट पारे।मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ।

व्यापारी तथा भूमाफियामार्फत ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको खुलासा भएपछि महासचिव पौडेल विवादमा तानिएका छन्।  पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा रहेको देखिएको छ। पौडेलको स्वामित्वमा रहेको ८ आनासहित ललितानिवासको १ सय १३ रोपनी ३ आना जग्गा विवादमा परेपछि सरकारले रोक्का राखिसकेको छ। सरकारी सम्पत्ति ललितानिवासको जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा विभिन्न निकायले अध्ययन गरिरहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।