शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत २७ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

मर्यादाक्रममा गृहको चलखेल, सेनालाई प्रहरी र निजामतीभन्दा तल पार्ने प्रयास

गृह मन्त्रालयले मर्यादाक्रम परिवर्तनका लागि तयार गरेको मस्यौदामा सेनाका अधिकृतलाई प्रहरी निरीक्षक तथा निजामती अधिकृतभन्दा तल राखिएकोमा जंगीअड्डा असन्तुष्ट देखिएको छ।

वर्तमान मर्यादाक्रममा नेपाली सेनाका उपसेनानी, (लेफ्टिनेन्ट), प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत रहेकोमा प्रस्तावित नयाँ मर्यादाक्रममा प्रहरी निरीक्षक, सशस्त्र निरीक्षक, अनुसन्धान निरीक्षक र उपसेनानी राखिएको छ। झन्डै एक वर्षअघि तोकिएको मर्यादाक्रम फेर्न गृह मन्त्रालयले मस्यौदा तयार पारेको छ।

भारतमा लोकसभा चुनाव : को कति बलियो ?

भारतमा लोकसभा निर्वाचनका लागि बिहीबारदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन।
  
तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि सारेका कामहरुको लेखाजोखा गर्दैछन्। पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उनका बाचाहरु के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोपहरु के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन्। उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन्।

यसरी मनाइयो सबैभन्दा ठुलो बिस्केट जात्रा (फोटो/भिडियो)

देशकै सबैभन्दा ठुलो र प्रमुख जात्रा मानिने बिस्केट जात्रा आज (बुधबार) बाट सुरू भएको छ। बिस्केट (बिस्का) जात्रा चैत शुक्ल मसान्तको ४ दिन अघिबाट सुरू हुन्छ। सोहि परम्पराअनुसार यस वर्षको जात्रा आजबाट सुरू भएको हो। ८ रात नौ दिने लामो बिस्का जात्राको पहिलो दिनलाई ‘द्यो क्वह विज्याइज्यू’ अर्थात भगवान् आफ्नो बासस्थान (मन्दिर) बाट स्थानीयको घरआँगनमा सवारी हुने दिन मानिन्छ।

विप्लवका पोलिटव्यूरो सदस्य वली थुनामुक्त नहुने

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वलीलाई सर्वोच्चले रिहा गर्न अस्वीकार गरेको छ।

चैत ७ गते पक्राउ परेका वलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले गत चैत १३ गते सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएपछि उनी तत्काल थुनामुक्त नहुने भएका हुन्।

वीर अस्पतालको आँगनमै बिरामीको जाँच (फोटो फिचर)

वीर अस्पतालको ओपीडी कक्षामा लगाएको ताला प्रहरीले खुलाएपछि चिकित्सकले अस्पतालको प्रांगणमै बिरामीको जाँच गरेका छन्। समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। सरकारले काममा फर्कन आग्रह गरेपनि उनीहरुले सरकारी निर्देशनको अवज्ञा गर्दै आएका छन्।

नेता नेपाल डिस्चार्ज

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता भएका छन्। ज्वरो र खोकीले अस्वस्थ्य भएका उनी अवस्था सामान्य भएपछि बुधबार घर फर्केका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। पूर्वप्रधानमन्त्री नेपाल गत आइबार ज्वरो र खोकी आएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

केन्द्र र प्रदेशको जुधाइले हावाहुरी पीडित थप मारमा

भीषण हावाहुरीका कारण घरबारविहीन भएका बारा र पर्साका प्रभावितहरुको मंगलबार आएको वर्षापछि थप विजोग भएको छ । 

हावाहुरीको कहरपछि आ–आफ्ना घर गुमाइसकेकाहरु अहिले सेनाले लगाइ दिएको टेन्टमा बस्दै आइरहेका छन् । तर वर्षापछि टेन्टभित्रै पानी छिरेपछि उनीहरु समस्यामा परेका हुन् । चर्को गर्मी र बेलाबेला वर्षाको सामना गरिरहेका उनीहरुको स्थायी बसोवासको व्यवस्था गर्नतर्फ सरकारले अझै चासो देखाउन सकेको छैन् । बारा र पर्साका चक्रवात प्रभावितहरुका लागि पुननिर्माण कार्य अगाडी बढ्न नसकेपछि पीडितहरु कठिनाइको सामना गर्न बाध्य भएका छन् ।

'तारागाउँ रिजेन्सी होटल्स छानबिनमा ठूलै दबाब आयो'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाब आएपनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १ सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको बताए।

आठौँ खेलकूदलाई गर्मीको चुनौती

पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले प्रदेश नं. ५ मा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । जब तराईमा गर्मी शुरु भयो तब प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको छ । विशेषगरी बाँके, बर्दिया र दाङमा देशकै बसै भन्दा बढी गर्मी हुने क्षेत्रका रुपमा चिनिन्छन् । 

‘जिजुबुबाले दिएका शितलनिवासले राष्ट्रपतिलाई पुगेन’

राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्सेर राणाले आफ्ना जिजुबुबाले दिएको शितलनिवासले नपुगेर राष्ट्रपतिले प्रहरी तालिम केन्द्र भात्काउन लागेको आरोप लगाएका छन्। सो पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको अवसरमा बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्।
 
‘मेरा जिजुबुबाले दिएको शितलनिवासले नपुगेर राष्ट्रपतिका लागि प्रहरी तालिम केन्द्र भत्काईदैछ’ राणाले भने। उनले आफुले संविधान जारी गर्ने बेलामा आफुहरु गणतन्त्रको पक्षमा गएको भएपनि पछिल्ला गतिविधिले सोचे जस्तो नभएको बताए।

सरकारी जग्गा हिनामिना गरेको छैन : महासचिव पौडेल

नेकपाका महासचिव बिष्णुप्रसाद पौडेलले जग्गा हिनामिनामा आफ्नो र परिवारको संलग्नता नरहेको  बताएका छन्।

सञ्चार माध्यमहरुमा आफुलाई जोडेर व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको समाचार सार्वजनिक भएपछि पौडेलले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका हुन्।  

'सगरमाथाको सही उचाइ ल्याउनुस्'

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको सही उचाइ नाप्न निर्देशन दिएका छन्। सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई बुधबार बालुवाटारमा विदाइ गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुन लागेको र यो नै आधिकारीक मापन हुने भएकाले सही नाप ल्याउन आग्रह गरे।

लुम्बिनीमा धमाधम तारे होटल, अर्बौंको लगानी

२०७२ चैत २६ गते मन्त्रिपरिषद् निर्णयअनुसार प्रकाशित नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६ –२०२५) मा नेपालको कुल गार्हस्थ उत्पादनमा होटल तथा रेस्टुरेन्ट क्षेत्रको ८० प्रतिशत योगदान रहेको उल्लेख छ।

२०७० सम्म नेपालमा पाँचतारे होटल १० वटा, चारतारे होटल २ वटा, ३ तारे होटल २७, २ तारे ३५ र एकतारे ३१ र पर्यटक स्तरको होटल ६ सय २५ वटा थिए । पछिल्लो समय होटलहरुले स्तर वृद्धि मात्रै गरेका छ्रैनन् स्वदेशी तथा विदेशी अर्बौं लगानी भित्र्याइरहेका छन् । केही हप्ता अगाडि काठमाडौंमा सम्पन्न लगानी सम्मेलनले पनि होटलमा लगानीको दर बढ्ने संकेत गरेको छ।

अधुरै रह्यो ५ लाख पर्यटक भित्र्याउने कर्णालीको सपना

गत बैशाख १ गते अर्थात नयाँ वर्षको शुभदिन । त्यही दिनमा कर्णाली प्रदेश सरकारले रारा तालमा एउटा भव्य समारोहको आयोजना गर्‍यो । देशका प्रधानमन्त्रीदेखि उच्चपदस्तहरुलाई रारा तालमा उत्तार्‍यो । प्रदेश मन्त्री, सांसद र स्थानीय तहका प्रतिनिधिहरुको रारामा ठूलै लस्कर लगायो । त्यतिमात्रै होइन त्यही समारोहका झण्डै एक करोड अर्थात ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा पनि स्वाहा पार्‍यो ।

सुर्खेतका बाढीपीडितलाई ३१ करोड

सुर्खेतका बाढीपीडितले ३१ करोड पाउने भएका छन्। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आवास निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय गरेसँगै पीडितले रकम पाउने भएका हुन्।

२०७१ सालमा आएको बाढीबाट सुर्खेतमा १ हजार ४५ जना घरबारविहीन भएका छन्। उनीहरु सबैलाई प्रतिपरिवार तीन लाखका दरले ३१ करोड ३५ लाख रकम उपलब्ध गराउन लागिएको हो। प्रतिपरिवार ३ लाखका दरले पाउने रकम भने सरकारले किस्ताबन्दीमा उपलब्ध गराउनेछ। तीन लाखसँगै जग्गा नहुनेका लागि सरकारले जग्गा उपलब्ध गराउनेछ।

मानव तस्करीको आरोपमा एनआरएन श्रेष्ठ जर्मनीमा पक्राउ

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य छत्र श्रेष्ठ मानव तस्करीको आरोपमा जर्मनीमा पक्राउ परेका छन्। उनलाई जर्मनीको डोर्टमुन्ड नर्देन वेस्टफाल एनआरडब्लु स्टेट प्रहरीले पक्राउ गरेको हो।

स्याङ्जा घर भएका श्रेष्ठ लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थिए। सन् २००१ मा गैरकानुनी रुपमा युरोप छिरेका श्रेष्ठका जर्मनी र इटालीमा आधा दर्जन व्यवसाय छन्। दुवै मुलुकमा एसियन रेस्टुरेन्ट खोलेका श्रेष्ठले १७६ जना नेपालीलाई गैरकानुनी रुपमा स्पेन, पोर्चुगल र इटालीमा पठाएको आरोप जर्मन प्रहरीले लगाएको छ।

डाक्टरले लगाएकाे ताला प्रहरीले तोड्याे

सरकारी डाक्टरले वीर अस्पतालमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। प्रहरीले ताला खुलाए पनि डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण भने गरेका छैनन्। वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले डाक्टरले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताएका छन्। उनले भने, ‘अस्पताल प्रशासनकै पहलमा ताला खुलाइएको हो। अहिले बाहिरै बिरामी जाँच्ने काम भइरहेको छ।’

हजारी मल धर्मशालाको संरक्षण गर्न कांग्रेसको दबाब

महानगरको व्यापारिक केन्द्र आदर्शनगर चोकमा अवस्थित  हजारीमल धर्मशाला संरक्षणमा महानगरपालिका नेतृत्व उदासीन देखिएको भन्दै नेपाली कांग्रेस पर्साले विरोध जनाएको छ। वीरगन्जको हजारीमल धर्मशालाको विषयलाई लिएर नेपाली कांग्रेस, पर्साले सार्वजनिक सम्पत्ति संरक्षणको लागि महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत चासो नदेखाएको भन्दै आन्दोलनको चेतावनीसमेत दिएको छ।

जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

भक्तपुरमा फेरि बर्डफ्लु भेटियो,  २२ सय कुखुरा मारियो

भक्तपुरकाे सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि रातारात कुखुरा नष्ट गर्ने अभियान चलाइएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि मंगलबार राति कुखुरा मारिएको हो।

किड्नी फेल भएर उद्योगी गोल्छाको निधन

गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष एवम् उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। मंगलबार राति भारतमा उपचारको क्रममा उनको निधन भएके हो। किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।  उनको पार्थिव शव विहिबारसम्म काठमाडौं ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ। ६७ वर्षका उनका दुई छोरा छन्। 

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा म‌गलबार राति २ मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारू रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । 

डडेल्धुरामा बस दुर्घटना, २३ घाईते

डडेल्धुरामा बस दुर्घटना हुँदा २३ जना घाईते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट बाजुरा जादै गरेको ना ४ ख ६८३६ नम्बरको बस राति २ बजे डडेल्धुराको अमरगढी नगरपालिकाकाको  सल्लाघारीमा दुर्घटना हुदा २३ यात्रु घाइते भएका हुन्। 

'भर्जिन' हिमालमा पुग्यो मानव पाइला

भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो ।

सोमबार बेलुकी ८ बजेबाट चार हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार बेलुकी पुगेको हो । सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण शुरु भएको थियो ।

पुजाले भुटानको महिला लिग खेल्ने

नेपाली राष्ट्रिय महिल फुटबल टोलीकी डिफेन्डर पुजा रानाले भुटानको शीर्ष डिभिजनकोे महिला लिग खेल्ने भएकी छिन् । उनले भुटान महिला सुपर लिग खेल्ने भएकी हुन्। पुजाले उक्त लिगमा सनराइज फुटबल क्लबबाट खल्ने छिन् । भुटान फुटबल फेडेरेसनले उक्त लिग सन २०१६ बाट सुरु गरेको थियो । भुटान महिला सुपर लिगको यो चौंथो संस्करण हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।