बिहीबार, वैशाख १३, २०८१

पौने ७ खर्ब नाघ्यो बेरुजु [प्रतिवेदनसहित]

शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनमा मुलुकको बेरुजु रकम पौने ७ खर्बभन्दा बढी पुगेको उल्लेख गरिएको हो।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपालको बेरुजु रकम पौने ७ खर्ब रूपैयाँभन्दा बढी पुगेको छ। शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनमा मुलुकको बेरुजु रकम पौने ७ खर्बभन्दा बढी पुगेको उल्लेख गरिएको हो। 

सरकारी निकायको अन्तिम लेखापरीक्षण गरी तयार पारिएको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा बेरुजु रकम १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको उल्लेख छ। अघिल्लो वर्षसम्म कुल बेरुजु रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेकामा यस वर्ष ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ पुगेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ। 

‘यो वर्ष संघीय र प्रदेश, सरकारी कार्यालय, स्थानीय तह संगठित संस्था, समिति र अन्य संस्थतर्फ लेखापरीक्षणबाट १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु औंल्याइएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Aug 20, 2021| 16:46 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्