शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मर्यादाक्रममा गृहको चलखेल, सेनालाई प्रहरी र निजामतीभन्दा तल पार्ने प्रयास

मर्यादाक्रममा गृहको चलखेल, सेनालाई प्रहरी र निजामतीभन्दा तल पार्ने प्रयास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – गृह मन्त्रालयले मर्यादाक्रम परिवर्तनका लागि तयार गरेको मस्यौदामा सेनाका अधिकृतलाई प्रहरी निरीक्षक तथा निजामती अधिकृतभन्दा तल राखिएकोमा जंगीअड्डा असन्तुष्ट देखिएको छ।

वर्तमान मर्यादाक्रममा नेपाली सेनाका उपसेनानी, (लेफ्टिनेन्ट), प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत रहेकोमा प्रस्तावित नयाँ मर्यादाक्रममा प्रहरी निरीक्षक, सशस्त्र निरीक्षक, अनुसन्धान निरीक्षक र उपसेनानी राखिएको छ। झन्डै एक वर्षअघि तोकिएको मर्यादाक्रम फेर्न गृह मन्त्रालयले मस्यौदा तयार पारेको छ।

भइरहेको प्रावधान र अन्तर्राष्ट्रिय प्रचलनसमेत बेवास्ता गर्दै सेनाका युवा अधिकृतलाई मर्यादाक्रमको सबैभन्दा तल राखिएकोमा सेनाले अनौपचारिक रुपमा गृहसमक्ष असन्तुष्टि जनाइसकेको छ। स्रोतका अनुसार सेनाको मर्यादाक्रम फेरबदल गरेर मस्यौदा तयार गरिए पनि यसबारे जंगीअड्डासँग कुनै परामर्श तथा छलफल भएको छैन।

सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) दर्जामा नियुक्त भई करिब ६ महिना लामो तालिमपछि मात्र उपसेनानी पदमा पदोन्नति हुने अधिकृतलाई अन्य सुरक्षा निकायका नवनियुक्त अधिकृतभन्दा तल राखिनु उचित नहुने तर्क सेनाको छ। ‘२४ महिना लामो तालिम, एक तह पदोन्नति र समान शैक्षिक योग्यतासमेत रहेको अवस्थामा के आधारमा उपसेनानीलाई निरीक्षकभन्दा तल राखियो ?’ एक पूर्व सैनिक अधिकारीले भने, ‘यसमा सेनालाई होच्याउने र युवा अधिकृतको मनोबल गिराउने चलखेल देखिन्छ।’

प्रस्तावित मर्यादाक्रमले सेनाजस्तो संवेदनशील र कठोर अनुशासन भएको संस्थाप्रतिको आमआकर्षण र गौरवमा समेत धक्का पर्नसक्ने पूर्व सैनिक अधिकारी बताउँछन्। मर्यादाक्रम परिवर्तन गरेर सेनाका युवा अधिकृतलाई तल पार्नमा गृह मन्त्रालयको चलखेल हुन सक्ने स्रोत बताउँछ। यस्तो चलखेलले सुरक्षा निकायबीचको हार्दिक सम्बन्ध र समन्वयमा समेत नकारात्मक असर पर्न सक्ने भन्दै यसलाई सच्याउन सेनाले आग्रह गरिसकेको छ।

दक्षिण एसियाका अन्य राष्ट्रमा उपसेनानी (लेफ्टिनेन्ट) लाई अन्य सुरक्षा निकायका अधिकृतभन्दा मर्यादाक्रममा माथि राखिएको हुन्छ। भारत, पाकिस्तान र बंगलादेशमा पनि यस्तै प्रचलन छ।

सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) मा भर्ना हुन कक्षा १२ उत्तीर्ण वा सोसरहको शैक्षिक योग्यताको मापदण्ड रहे पनि करिब २४ महिना तालिम अवधिमा अधिकृत क्याडेटहरु त्रिभुवन विश्वविद्यालयको रणनीतिक अध्ययन संकायअन्तर्गत त्रिविबाट दीक्षित गराएर तालिमको समापनअघि नै स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान छ। २४ महिना तालिम पूरा गरेपछि मात्र भर्ना भएका अधिकृत क्याडेटलाई सहायक सेनानीको आयुक्त पद प्रदान गर्ने प्रचलन छ। त्यसरी सहायक सेनानी भएका अधिकृत क्याडेटले फेरि ६ महिना तालिम लिएपछि बल्ल उपसेनानीमा पदोन्नति गर्ने गरिएको छ।

नयाँ मर्यादाक्रममा लिने तालिम, फिल्ड अनुभव र अध्ययनलाई समेत उपेक्षा गर्न खोजिएको भन्दै सेनाका युवा अधिकृतबाट असन्तुष्टि व्यक्त भएको छ। त्यसैगरी दुई तह पदोन्नति भएर ६ वर्ष फिल्डमा काम गरिसकेको नेपाली सेनाको सहसेनानी (क्याप्टेन) लाई भर्खर भर्ना हुने निजामतीतर्फका अधिकृतभन्दा तल्लो मर्यादाक्रममा राखिएको पनि सेनाले असन्तुष्टि जनाएको छ।

वर्तमान मर्यादाक्रममा सहसेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्राकिंत तृतीय श्रेणीका अधिकृत विश्वविद्यालयका सहायक प्राध्यापक रहेकोमा त्यसलाई परिवर्तन गरेर क्रमशः नेपाल सरकारका शाखा अधिकृत, राजपत्राकिंत तृतीय श्रेणी वा सोसरहका अधिकृत, सहसेनानी र विश्वविद्यालयका प्रध्यापक राखिएको छ।

अधिकृत तहमा दुई तह प्रमोशन खाइसकेको र कार्यक्षेत्रमा ६ वर्ष अनुभव बटुलिसकेको अधिकृतलाई भर्खर भर्ना भएका अधिकृतभन्दा तल राख्दा यसले सेनाका युवा अधिकृत पुस्ताको मनोविज्ञानमा नकारात्मक असर पर्नसक्ने भन्दै यसलाई सच्चाउन पनि सेनाले गृहलाई अनौपचारिक आग्रह गरिसकेको छ।

यो सानो प्राविधिक विषय भए पनि यसलाई समयमै सम्बोधन नगर्दा यसले जंगीअड्डा र सिंहदरबारबीचको सम्बन्धमा चिसो बढाउनसक्ने स्रोत बताउँछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।