बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • छात्रालाई सतप्रतिशतसम्म छात्रवृत्ति दिने गेट कलेजको घोषणा

छात्रालाई सतप्रतिशतसम्म छात्रवृत्ति दिने गेट कलेजको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ। कलेजले महिलाहरूको यस्तो कमजोर सहभागितालाई लक्षित गरेर छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्तिको घोषणा गरेको छ।

“नेपालको पर्यटन उद्योगको विस्तार व्यापक रूपमा हुँदै गइरहेको छ, तर यहाँ सीपयुक्त दक्ष जनशक्तिको अभाव खड्किँदै गएको छ,” गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईं भन्छन्, “ यस क्षेत्रमा दक्ष र सीपयुक्त जनशक्ति आपूर्तिका लागि एकमात्र माध्यम भनेको पर्यटन र होटल व्यवस्थापनको शिक्षा नै हो, जुन अति नै खर्चिलो छ। यस्तो शिक्षा अध्ययनका लागि न्यून आय भएका विद्यार्थीलाई सघाउने माध्यम भनेकै छात्रवृत्ति हो।”

उनले देशको पर्यटन क्षेत्रका लागि चाहिने अतिरिक्त जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउन न्यून आय भएका र मिहेनेती तथा जेहेनदार छात्राहरूका लागि सतप्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।

“पर्यटन उद्योगको उच्च पदमा महिला जनशक्तिको अभाव पूर्तिका लागि पनि हामीले छात्राहरूलाई आवश्यकता र मेरिटको आधारमा सतप्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरेका हौं,” लकाईंले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्