शुक्रबार, वैशाख ७, २०८१

रसुवागढी र साञ्‍जेनकाे साधारण शेयर बिक्री हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ। चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु १ अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो।

ती कम्पनीले मंगलबार छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका हुन्। सूचनाअनुसार रसुवागढीले रु १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो। त्यसमा चार लाख १० हजार ५ सय २६ कित्ता कम्पनीका कर्मचारी र पाँच लाख १३ हजार १ सय ५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। उक्त आधारमा सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर बिक्री गरिनेछ।

यस्तै सान्जेनले रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्नेछ। त्यसमा दुई लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोष र २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याई ४९ लाख ८२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको प्रकाशित सूचनामा उल्लेख छ।

बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभए आगामी जेठ ५ गतेसम्म हुनेछ। सर्वसाधारण शेयरधनीले दुवै आयोजनामा न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै रसुवागढी जलविद्युत्को आइपिओमा अधिकतम पाँच हजार कित्ता र सान्जेन जलविद्युत्को शेयरमा अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था छ।

प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था छ। आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरणलगायत छन्। संस्थापकतर्फको शेयरपूँजी ५१ प्रतिशत र सर्वसाधारणतर्फको शेयरपूँजी ४९ प्रतिशत छ। 

सरकारले यही चैत १८ गते मात्रै ती आयोजनालाई जनताको जलविद्युत् आयोजनामा समावेश गरेको हो। जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको थियो। नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ। रसुवामा निर्माणाधीन साञ्जेनका दुई आयोजना छन्। 

माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव ८ मेगावाट तथा साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ। रसुवागढी आयोजनाको क्षमता १ सय ११ मेगावाट छ। ती आयोजनाको भौतिक प्रगति औसतमा करिब ७० प्रतिशतको हाराहारीमा छ। 

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कूल १९ आयोजना छनोट गरी ३ हजार ५ सय मेगावाट क्षमता बराबरको आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँट भइसकेको छ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो। ती दुई चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन्। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।