मंगलबार, वैशाख ११, २०८१

कालो वर्षको टिजर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – कालो वर्षको टिजर सार्वजनिक भएको छ। आगामी बैशाख १३ गते प्रदर्शनमा आउने गरी मिति तय भएको चलचित्रको मंगलबार टिजर सार्वजनिक गरिएको हो। 

लक्षु गौतमको निर्देशन र आकेश पनेरुले लेखेको कथा कालो वर्षमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ। निर्माता राम खड्का, योगेन्द्र पनेरु र श्याम खड्काले गरेका हुन्। खेम सारु मगरको संगीत र विशाल निरौला र अन्जु पन्तले स्वर दिएका छन्। 

चलचित्रमा अन्तर जातीय विवाह, दैविक प्रकोप, भुकम्पका कारण भोग्नु परेका समस्याहरु, यसले गरेको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका साथै निर्मला हत्याकाण्डको विषयलाई उठाइएको कलाकार पवन भट्टराईले जानकारी दिए। 

निर्देशक लक्षु गौतमले भनिन्, ‘मैले निर्देशन गरेको यो पहिलो चलचित्र हो।  यस एक चलचित्रले राम्रो गर्नेमा म आशावादी छु।’ उनले अझै यस्ता धेरै राम्रो कामहरु गर्न बाँकी रहेको र आगामी दिनमा पनि यस्तै क्रियाकलापहरुलाई अगाडि बढाउने बताएकी छन्। उनले दर्शकहरुलाई हलसम्म पुगेर चलचित्र हेरिदिन समेत आग्रह गरेकी छन्। 

नायक आकेश पनेरु र नायिका अनुपा खड्काले निकै मिहिनेत गरेको र उक्त मिहिनेतको राम्रो प्रतिफल पाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। चलचित्रको छायांकन काठमाडौं, झरुवारासी लगायतका स्थानमा गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्