काठमाडौं- राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सनवित्रा भण्डारी, रेणुका नगरकोटी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी समेत रहेका भण्डारी, नगरकोटी र बस्नेतले भारतको चर्चित फुटबल लिग हिरो इन्डियन महिला लिग खेल्ने भएका हुन् ।
तर, आधिकारीक सँझौता भने भएको छैन् । तीन जना खेलाडीले म्यानमारमा चलिरहेको ओलम्पिक छनोट पछि स्वदेश फर्किएर उक्त लिगका लागि क्लबसँग सम्झौता गर्ने वा नगर्ने भन्ने पबिषयमा थाहा हुने महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए ।
सावित्रालाई भारतको शीर्ष डिभिजन लिग खेल्ने गोलुमल र सेतु फुटबल क्लबले प्रस्ताव गरेको हो । त्यस्तै रेनुका लागि गोलुमल र अनिताका लागि सेतुले प्रस्ताव गरेको प्रशिक्षक खड्काले जनकारि दिए । तर स्रोतका अनुसार सावित्रा र अनिताले तामिलनाडुको क्लब सेतुबमट खेल्ने सम्भावना नढी भएको जनाइएको छ ।
यता रेनुकाको भने केरलाको फुटबल क्लब गोलुमबाट खेल्ने सम्भावना बढी रहेको जनाइएको छ । सावित्राले सन् २०१४ साल राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उनले हाल सम्म राष्ट्रिय टोलीका २९ खेल खेल्दै २६ गाले गरेकी छन् ।
सावित्राले यस बर्ष राष्ट्रिय टोलीबाट ९ खेल खेल्दै ९ गोल गरेकी छन् । उनले हाल सम्म साफ च्याम्पियन्स सिपमा १२ खेल खेल्दै १७ गोल गरेकी छन् भने साफ गेमका ५ खेलमा २, मैत्रीपूर्ण तीन खेलमा २, ओलम्पिक छनोटका ४ खेलमा १ र हिरो गोल्ड कपमा ४ खेलमा ४ गोल गरि सकेकी छन् । सावित्राले हाल सम्म ९ देशसँगको खेलमा प्रतिस्पर्धा गरिसकेकी छन् । उनले भुटानविरुद्ध तीन खेल्दै सर्वाधिक ८ गोल गरेकी छन् ।
त्यस्तै माल्दिभ्सविरुद्ध दुई खेल खेल्दा ५, भारतविरुद्ध ८ खेल खेल्दा ४, श्रीलंकाविरुद्ध ४ खेलमा तीन गोल गरेकी छन् । त्यस्तै अनिता पनि नेपाली राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य हुन् । उनले सन् २०१६ बाट राष्ट्रि टोलीमा डेब्यु गरेकी हुन् । यस अघि सावित्रार अनिताले माल्दिभ्सको फुटसल लिगबाट व्यवसाहिक फुटबल खेली सकेका छन् ।
सन् २०११ मा रेनुका राष्ट्रिय टिममा परेकी थिइन् । सन् २०१६ मा उनी नेपाली राष्ट्रिय महिला टिमको कप्तान भएकी थिइन् । त्यसपछि उनको जिम्मेवारी थपिएको थियो । सानो सानो प्रतियोगितामा कहिल्यै पनि कप्तान नभएकी उनी सिधै राष्ट्रिय टिमको कप्तान बनेकी थिइन् ।
तर पछि निरु थापा नेपाली टिमको कप्तान भए पछि भने उनी नेपाली टिमको उपकप्तान बनेकी थिइन् । उक्त शीर्ष डिभिजनको महिला लिगलाई भारतीय फुटबल महासंघले सन् २०१६ बाट आयोजना गर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४