मंगलबार, वैशाख ४, २०८१

प्रचण्ड ओलीको 'एसम्यान' भएपछि माधव र नारायणकाजी टाढिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेकपाको एकीकरण ढिलाइसँगै सो पार्टीभित्र नयाँनयाँ घटनाक्रम विकसित भएको छ। कुनै बेला अध्यक्ष प्रचण्डको छातामुनि रहेका नेताहरू पछिल्लो गतिविधिप्रति सशंकित हुन थालेका छन् ।

नेताहरू माधव नेपाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम प्रचण्डको गतिविधिप्रति असन्तुष्ट भएको स्रोतले बतायो। नेताहरूले प्रचण्डसँग भेट गरी आफ्ना असन्तुष्टि जाहेर गरेका थिए। जबाफमा अध्यक्ष प्रचण्डले आफ्नो बाध्यता बुझिदिन नेताहरूसँग आाग्रह गरेको स्रोतले बतायो।

प्रचण्ड निकट एक नेताका अनुसार ओलीसँग प्रचण्ड पहिलेदेखि नै सन्तुष्ट छैनन् । तर एकीकरण घोषणाका बेला भएको भद्र सहमतिअनुसार उनी अझै डेढ वर्ष केही बोल्ने सम्भावना छैन। एकीकरणका बेला ओली र प्रचण्डबीच सरकारको नेतृत्व आधा गर्ने सहमति भएको थियो। सोअनुसार ओलीले एक वर्ष बिताइसकेका छन्।

अब आफूले सरकारको नेतृत्व गर्ने पालो आउने भन्दै प्रचण्ड सन्तुलित बस्न खोजेको एक नेताले बताए। प्रचण्डले पटकपटक प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षलाई पेलेको भन्दै सो पक्षलाई सहनुभूति दिँदै आएका थिए। तर उनको त्यो सहानुभूतिसमेत देखवटी भएको भन्दै नेपाल पक्षले असन्तुष्टि प्रकट गर्दै आएको छ।

प्रचण्डको कार्यदल विघटन भएपछि ओलीले गत पुुस ६ गते नेकपाको सचिवालयको बैठक बोलाएका थिए। तर पार्टीका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरे। पार्टी पद्धति र विधिअनुसार नचलेको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका थिए।

यो घटनाले पार्टीमा तनावको स्थिति उत्पन्न भएको थियो। तर सो दिन सचिवालय बैठकमा प्रचण्डले यो तनाव अन्त्य गर्ने प्रस्ताव ल्याएका थिए। सोअनुसार पुस १३ का लागि स्थायी समितिको बैठक बोलाइएको थियो। सो बैठककाले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य वर्षमान पुन, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, वेदुराम भुसाल, रघुवीर महासेठ र योगेश भट्टराईलाई सदस्य रहेको कार्यदल गठन गरेको थियो।

कार्यदललाई एकीकरणको मापदण्ड र आवश्यक खाका तयार गर्नसमेत म्यान्डेट दिइएको थियो। यो कार्यदल पनि अध्यक्ष प्रचण्डको पहलमा गठन भएको थियो। यसमा प्रधानमन्त्री ओलीको सहमति थिएन। तर पार्टीभित्रको समीकरणलाई ख्याल गरेर उनले विरोध गरेका थिएनन् । तर पछि कार्यदलको मापदण्डमा आफ्ना मानिस नपर्ने भएपछि आलीले कार्यदल विघटन गर्ने योजना बनाएको एक नेताले बताए। तर पार्टी एकताका लागि सत्तारुढ नेकपा स्थायी समितिले गठन गरेको कार्यदल भंग फागुन १० मा बसेको सचिवालय बैठकले कार्यदल भंग गरेको थियो।

एकतासम्बन्धी बाँकी काम पार्टी केन्द्रीय सचिवालयले गर्ने निर्णय गर्दै कार्यदल भंग गरेको थियो। सो कार्यदल भंग भएपछि नेताहरू माधव नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डप्रति आशंका व्यक्त गरेको एक नेताले बताए। स्थायी समितिले गठन गरेको कार्यदल सचिवालयले भंग गर्नु विधि सम्मत नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेको एक नेताले बताए।

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाल समयसँग भने, ‘कार्यदल बिघटन गर्ने सचिवालयको निर्णय विधिसम्मत भएन।’ उनले पार्टीका शीर्ष नेताहरूले नै कार्यदललाई काम गर्न नदिएको बताए। उनले कार्यदललाई काम गर्न दिएको भए एकतासम्बन्धी सबै काम पार लाग्ने अवस्था भएको दाबी गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।