बुधबार, वैशाख १२, २०८१

चैतमै साउने झरीको झल्को कहिलेसम्म ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । केहिदिन यता मौसममा देखिएको बद्लावसँगै मंगलबार बिहानै देखि वर्षा भइरहेको छ ।
 
मध्य र पूर्वी क्षेत्रका धेरै र पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नवलपरासी, चितवन, पर्सा लगायतका जिल्लामा भने चट्याङसहित वर्षा भइरहेको मौसमविद् विभुति पोखरेलले नेपाल समयलाई जानकारी दिइन ।
 
पोखरा आसपासको क्षेत्रबाट विकास भएको पानी पार्ने प्रणालीका कारण त्यसदेखि पूर्वको क्षेत्रमा बढि प्रभाव देखिएको उनले बताइन् । वर्षा क्रमश पुर्वी क्षेत्रमा बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज पानी पर्ने र बेला बेला घाम लाग्ने छ भने भोलि अपरान्हबाट पुनः मौसम बदलिने छ । मौसमविद् पोखरेलका अनुसार पर्सी बिहिबार पनि अपरान्हबाट मेघगर्जनसहित वर्षा हुनेछ ।  माथिल्लो वायु मण्डलमा पश्चिमि वायुको प्रभाव रहेको र न्युन चापिय रेखा मध्य र पूर्वमा रहेका कारण वर्षाको क्रम बढेको मौसमविद्हरुको भनाइ छ । 

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु र स्थानीय रुपमा विकसित भएको वायुका कारण पनि वर्षाको क्रम बढेको मौसमविद् पोखरेल नेपाल समयलाई बताइन । यसपटक प्रि मनसुन सक्रिय भएकै कारण साउनमा जसरी चैतमा पानी परेको उनले जानकारी दिइन् । 

यस्तो हुनेछ अबको तीन दिनको मौसम 

चैत्र २६ गते (मंगलबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा सामान्य बदली र पश्चिमि भु-भागमा  आंशिक बदली रहनेछ । देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका १-२  स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ । हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

राति:  देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

 चैत्र २७ गते (बुधवार):

दिउँसोः देशको प्राय स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

 चैत्र २८ गते (बिहीबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ।

राति: देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।