मंगलबार, वैशाख ११, २०८१

घुस लिदैँ गर्दा बिचौलीयासहित श्रमका कर्मचारी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रहरीले जनकपुरस्थित श्रम कार्यालयबाट बिचौलियासहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । श्रमस्वीकृति दिलाउन सेवाग्रहीसँग पैसा घुस लिएको आरोपमा प्रहरीले कार्यालयमा कार्यरत एक कर्मचारीसति बिचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार्यालयमा कार्यरत करार कर्मचारी धनुषा लक्ष्मिनिया–५ का सरोजकुमार यादव तथा बिचोलियाको काम गर्दै आइरहेका धनुषा कमला नगरपालिका–३ का रामभगत यादव र जनकपुरधाम–१६ का अजय साह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादव र साहले लाइनमै नबसी छिटो श्रमस्वीकृति दिलाइदिने भन्दै एक सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएका थिए । प्रहरीले जनाएअनुसार यादवसहितका व्यक्तिहरुले सेवाग्राहीबाट पैसा लिएरपनि श्रमस्वीकृति दिलाउन नसकेपछि यो रहस्य बाहिरिएको हो ।
 
श्रमस्वीकृति पाउन नसकेपछि आफूले दिएको पैसा फिर्ता माग्दा उनीहरुले उल्टै सेवाग्राहीलाई हातपात गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पीडित सेवाग्राहीले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

सेवाग्राहीबाट असुल गरेको पैसा यादव र साहले कार्यालयका कर्मचारीमारीमअ सरोजलाई बुझाएर काम गराउँदै आएकोे प्रहरी अनुुुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
केहि दिनअघिमात्र जनकपुरमा स्थापना भएको प्रदेश श्रम कार्यालयमा कर्मचारी र बिचौलियाहरुको मिलमतोमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने गुनासो आउने गरेको छ । घन्टौ लाइनमा बसेका सेवाग्राहीले आफ्नो काम गराउन कठिनाइ भेल्दै आइरहेपनि बिचौलियासँग सेटिङ्ग गरेकाहरुको काम तत्काल हुने गरेको पीडित सेवाग्राहीहरु बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।