शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत २४ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

प्रदेश सरकारको ‘मधेश भवन’ मा ‘जचुकालि’ को बोर्ड

केपी ओली नेतृत्वको संघीय सरकार र लालबाबु राउतले नेतृत्व गरेको प्रदेश २ सरकारबीच पटक पटक विवाद हुँदै आइरहेको छ। कहिले प्रदेश प्रहरी ऐनको विषय लिएर त कहिले प्रदेश लोक सेवासम्बन्धी विधेयक लगायतका विषयमा दुबै सरकारबिच टकराब भएको छ।

दिल्ली विजयी, बेंगलोरको लगातार ६ हार

कप्तान श्रेयस अयरको अविजित अर्धसतकमा दिल्ली क्यापिटल्स विजयी भएको छ । रोयल च्यालेन्जर्स बेंगलोरको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई ४ विकेटले पराजित गर्दै दिल्ली विजयी भएको हो । बेंगलोरको यो लगातार छैठौं हार हाे ।

काठ र ढुङ्गाकै भरमा नापतौल 

नेपाल खाद्य संस्थानले सदरमुकामबाट दुई वर्षअघि बारेकोट गाउँपालिकास्थित घाट डिपोका लागि पठाएका नापतौलका सामग्री अझै पुग्न सकेको छैन। जिल्लाबाट पठाएका सामग्री नपुगेपछि काठ र ढुङ्गाकै नापतौलका सामग्री प्रयोग हुँदै आएको छ । घाट डिपोमा नापतौल गुणस्तर विभाग कार्यालयले प्रमाणित नगरेका नापतौलका सामग्री प्रयोग भइरहेका छन्।

‘सेवा रोकेर चिकित्सकले बिरामीलाई दुःख दिन पाइन्‍न’

उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताएका छन्। आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए।

सार्वजनिक यातायातमा कडाई गर्दै महानगर

काठमाडौं महानगरपालिकाको चौंथो नगर सभाले महानगरभित्र चल्ने सार्वजनिक यातायातमा कडाई गर्ने निर्णय गरेको छ। आइतबार ३२ वडाकै अध्यक्ष तथा प्रतिनिधि सम्मिलित नगरसभाले उक्त निर्णय गरेको हो। 

दिल्लीलाई १५० रनको लक्ष्य, सन्दीपको एक विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध चार ओभर बलिङ गर्दै ४६ रन खर्चेका छन् । निकै नै महङ्गा सावित भएको सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेका थिए । 

सोमबार राप्रपाले राजधानीमा बृहत प्रदर्शन गर्ने

सरकार समक्ष पेश गरेको २२ बुँदे माग पुरा गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीमा बृहत प्रदर्शन गर्ने भएको छ। 

१३ औं पुण्यतिथिमा प्रादेशिक शोकसभा

प्रदेश २ सरकारले हावाहुरीका कारण बारा र पर्सामा ज्यान गुमाएकाहरुको १३ औं पुण्यतिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ। आइतबार सम्पत्र मन्त्रिपरिषद् बैठकले १३ औं पुण्यतिथि अर्थात् चैत ३० गते प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक विकासमन्त्री जितेन्द्र सोनलले जानकरी दिए।

तारागाउँको जग्गा सरकारको नाममा ल्याउन निर्देशन

संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

बारा-पर्सामा आएको 'टोर्नाडो' के हो ?

गत हप्ता तराईका दुई जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याउनेगरी आएको शक्तिशाली हावाहुरी 'टोर्नाडो' भएको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक अध्ययनले देखाएको छ।

बिक्न छाड्यो ‘मार्सी’ र ‘फापर’

जुम्ला पातारासी ८ का चन्द्रबहादुर बुढाले गत वर्ष खेतबारीमा राम्रै उत्पादन गरे। १३ मुरी मार्सी धान, उस्तै फल्यो मुरली मकै र सिमी पनि। पाखाभरि जौ र फापरको उत्पादन पनि राम्रै थियो। आँगनमै मोटरबाटो पुगेको फाइदा उठाउँदै उनले सोचे यही उत्पादन बजार लिएर बिक्री गर्छु। यही कुरा दसैंमा आफन्त र दाैंतरीसँग सल्लाह गरे। तर अधिकाँश दौंतरीले विदेश जानुपर्ने सल्लाह दिए। केहीले त राम्रो काम भन्दै प्रशंसा पनि गरे।

‘अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता’

गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन्।  गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा पोखरा पुगेका गृहमन्त्री थापाले आइतबार आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए।

सिटौलाले भत्काइदिए देउवा–पौडेल सहमति

कांग्रेस कार्य सम्पादन समिति गठनमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच ६०–४० प्रतिशत भागबन्डा गर्ने सहमति अर्का नेता कृष्णप्रसाद सिटौलाले भत्काइदिएका छन्।

गुराँसको राजधानी हिडेका ३ सय पर्यटकलाई प्रशासनको निषेध

संखुवासभा, तेह्रथुम र  ताप्लेजुङको सिमानामा रहेको तिनजुरे, मिल्के र जलजले (टिएमजे) हिडेका ३ सय विदेशी पर्यटकलाई प्रशासनले निषेध गरेको छ। 

पोखरामा प्रमोदले यसरी सम्झिए रवीन्द्र अधिकारीलाई

‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई । गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो । 

संगै रक्सी खाएर श्रीमतीले गरिन श्रीमानको हत्या

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । 

बारामा आएको 'टोर्नाडो' आँधीको नेपाली नाम खोजिदै 

गत आइतबार बारा, पर्सामा आएको ‘टोर्नाडो’ आँधीको नेपाली नामको खोजि भएको छ । नेपाली नाम जुराउन विज्ञहरू छलफलमा जुटेका छन् । 

हुरी प्रभावित क्षेत्रका लागी 'एक परिवार एक झोला' 

अन्य समयमा शनिबारे बिदाको समयमा घरपरिवारको काममा व्यस्त रहने स्थानीय कामकाजी महिलाहरु यो शनिबार बिहानैदेखि चाहिँ केही महत्वपूर्ण कार्यमा केन्द्रित थिए । त्यो पनि सामुहिक रुपमा ।

मेस बन्द भएपछि घाइते कुरुवाहरु भाेक भाेकै  

भीषण हावाहुरीका कारण भएको दुर्घटनामा घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा अझै पनि जारी रहेको छ । सरकारी स्वामित्वको नारायणी अस्पतालमा १७ जना घाइते अझैपनि उपचाररत छन् ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

 शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ ।

बन्‍ने भयो लचिलो र फोल्डएबल  विङ्स

हवाईजहाज तथा अन्तरिक्ष यानका ‘विङ्स’ (पखेटा) प्रायः बलियो र नखुम्चने गरी बनाइएको हुन्छ। कल्पना गरौं त, यी ‘विङ्स’, चराका पखेटा जसरी खुम्चन र फैलन सम्भव होला ?

यी हुन् कम पढेका चर्चित पाँच बलिउड नायिका

बलिउडमा केही यस्ता नायिका छन् जसले अभिनयको जादु नै देखाएका छन्। ती नायिकाका थुप्रै फ्यान फलोअर्स छन्। धेरैलाई यस्ता नायिकाको अध्ययनबारे भने जानकारी नहुन सक्छ। कतिपय ठाउँमा प्रतिभा र क्षमता भए पढाइले मात्रै अवसरबाट वन्चित गर्दैन भन्ने उदाहरण पनि हुन् यी नायिका। बलिउडकी चर्चित पाँच नायिका, कसको पढाइ कति ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।