काठमाडौं- पाँचौ संस्करणको मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्टस् फिजिक च्याम्पियनसिप यहि चैत ३० गते हुने भएको छ । एक दिने प्रतियोगिता चैत ३० गते हुने आयोजक फिटनेस फस्ट कमितीले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
प्रतियोगितामा सहभागी ४५ जना खेलाडीले विभिन्न पाँच विधामा प्रतिस्पर्धा गर्ने छन् । गत बर्ष तीन विधामात्र रहेको यस प्रतियोगितामा पाँचौ संस्करणमा दुई विधा थप गरिएको हो ।
खेलाडीले ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी भन्दा माथी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्यक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार सहित ट्रफी र प्रमाण-पत्र प्रप्त गर्ने छन् ।
त्यस्तै पाँचवटै विधाका विजेता खेलाडीबीचको प्रतिस्पर्धाबाट विजयी हुने ‘ मिस्टर फिटनेस फस्ट’ खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको बेस्ट पोजर खेलाडीले नगद ५ हजार प्रप्त गर्ने छ ।
मेन्स फिजिकमा १६५ सेमी र १६५ सेमी भन्दा माथि गरी दुई विधामा प्रतिस्पर्धा हुने छ । यस विधाका प्रत्यक समूहका विजेता खेलाडीले क्रमशः १५ हजार, ५ हजार र ३ हजार प्रस्त गर्ने छन् ।
यसै प्रतियोगितामा थाइल्याण्डमा सम्पन्न १० औं विश्व शारिरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगद सहित सम्मान गयिरने आयोजक कमिटीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४